संसद् बैठकको सुरुमै प्रतिवादको तयारीमा प्रतिपक्ष
सारांश
- आजबाट सुरु हुने वर्षे अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठकमा विपक्षी दलहरू सरकारको कार्यशैलीविरुद्ध संयुक्त प्रतिवाद गर्ने तयारीमा छन्।
- संवैधानिक परिषद्, सरकारले ल्याएका अध्यादेश र सुकुमबासी व्यवस्थापनका विषयमा विपक्षीहरूले आवाज उठाउनेछन्।
- राष्ट्रपतिले नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नहुने भए पनि बैठकको सुरुमै संयुक्त प्रतिवाद गर्ने समझदारी बनेको छ।
काठमाडौँ । आजबाट सुरु हुने वर्षे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमै विपक्षी दलहरू सरकारको कार्यशैलीविरुद्ध संयुक्त प्रतिवाद गर्ने तयारीमा लागेका छन् ।
वर्षे अधिवेशन अन्तरगत प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे बस्दैछ । उक्त बैठकमा संवैधानिक परिषद्लगायत सरकारले ल्याएका अध्यादेश र सुकुमबासीको व्यवस्थापनका विषयमा विपक्षीहरूले आवाज उठाउने र सशक्त प्रतिवाद गर्ने तयारी गरेका हुन् ।
यी विषयमा संयुक्त प्रतिवाद गर्ने विपक्षीको तयारी रहेको एक नेताले जानकारी दिए । उनका अनुसार प्रतिवादका सम्बन्धमा नेपाली कांग्रेस, एमाले र नेकपाका नेताहरू एकमत छन् ।
‘सरकारको कार्यशैलीविरुद्ध प्रतिवाद त हुन्छ नै’, एमालेका एक सांसद भन्छन्, ‘राष्ट्रपतिले संयुक्त बैठकमा पेस गर्ने नीति तथा कार्यक्रममा भने अवरोध हुने छैन ।’
सोमबार लगातार तीन वटा बैठक बोलाइएको छ भने राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछन् । उनका अनुसार सदनको कारबाही आरम्भ हुनासाथ संयुक्त प्रतिवाद गर्ने विपक्षीबिच समझदारी बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण