आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभामा विपक्षी दलहरूको विरोध, उठेर जनाए असहमति, तस्बिरहरू

सोमबार, २८ वैशाख २०८३, १४ : ३०
सोमबार, २८ वैशाख २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा उठेर विरोध जनाएका छन् ।
  • संसद्‌मा विपक्षीहरूको सामूहिक अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको मागलाई सम्बोधन गर्दै आकस्मिक समय उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
  • सभामुखले आकस्मिक समय उपलब्ध गराउने बताएपछि विरोधमा उत्रिएका विपक्षी दलका सांसदहरू आ-आफ्नो सिटमा बसेका छन् ।

काठमाडौँ।  प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू आ-आफ्नो स्थानमा उभिएर विरोध प्रकट गरेका हुन् ।

संसद्‌मा विपक्षीहरूको सामूहिक अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको मागलाई सम्बोधन गर्दै आकस्मिक समय उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । सभामुखले आकस्मिक समय उपलब्ध गराउने बताएपछि विरोधमा उत्रिएका विपक्षी दलका सांसदहरू आ-आफ्नो सिटमा बसेका छन् । 

parliament meeting sansad (1)parliament meeting sansad (2)parliament meeting sansad (3)parliament meeting sansad (4)parliament meeting sansad (5)parliament meeting sansad (6)parliament meeting sansad (7)parliament meeting sansad (8)parliament meeting sansad (9)parliament meeting sansad (10)parliament meeting sansad (11)parliament meeting sansad (12)parliament meeting sansad (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप