बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मकै बारी दराम दराम’की गायिका ठकुरीले पास गरिन् एसइई

मङ्गलबार, २९ वैशाख २०८३, १६ : ३२
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • ‘मकै बारी दराम दराम’बाट चर्चामा आएकी लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीले एसइई परीक्षामा सफलता हात पारेकी छन् ।
  • तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी ठकुरीले ३.२५ जीपीए (ए ग्रेड) ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् ।
  • सानै उमेरमा विवाह गरेर पढाई रोकिन पुगेकी सुष्माले १४ वर्षपछि पुनः अध्ययन सुरु गरी सफलता प्राप्त गरेकी हुन् ।

काठमाडौँ । ‘मकै बारी दराम दराम’बाट पछिल्लो समय चर्चामा रहेकी लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सफलता प्राप्त गरेकी छन् । 

तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी उनले ३.२५ जीपीए (ए ग्रेड) ल्याएर उत्तीर्ण भएकी हुन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले यो खुसी कल्पनाभन्दा बाहिरको भएको बताएकी छन् ।

काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलबाट अध्ययन गरी कपनको दीक्षालय स्कुलमा परीक्षा दिएकी सुष्माले १४ वर्षको अन्तरालपछि पुनः कलम समातेर सफलता प्राप्त गरेकी हुन् ।

२०७९ सालमै एसएलसी दिनुपर्ने भए पनि सानै उमेरमा ‘भागी विवाह’ गरेकोले गर्दा पढाई अगाडि बढाउन नपाएकी उनले अहिले भने अध्ययन अगाडि बढाइरहेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप