शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्थाको महावीरले गरे विरोध

मङ्गलबार, २९ वैशाख २०८३, १६ : ४२
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • पूर्वशिक्षामन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्थाको विरोध गरेका छन् ।
  • वर्तमान सरकारले ल्याएको विश्वविद्यालय सम्बन्धी अध्यादेशमा कुलपति प्रधानमन्त्री हुने व्यवस्था कायमै रहेकोमा उनले आपत्ति जनाएका हुन् ।
  • उनले सरकारले ल्याएको अध्यादेशले नवप्रवर्तनका लागि विज्ञान र प्रविधिको विकासलाई सम्बोधन गर्न नसकेको बताए ।

काठमाडौँ । पूर्वशिक्षामन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहेन व्यवस्थाको विरोध गरेका छन् ।

मंगलबार संसद् बैठकमा बोल्दै पुनले विश्वविद्यालय सम्बन्धी अध्यादेश वर्तमान सरकारले ल्याए पनि त्यो प्रावधान कायमै रहेकोमा विरोध गरेका हुन् ।  

‘सरकारले ल्याएको विश्वविद्यालय सम्बन्धी अध्यादेशमा विश्वविद्यालयलाई राजनीतिमुक्त गर्ने भनिएको छ । मैले पनि ल्याउन खोजिएको त्यही नै थियो । तर मैले गरेको कल्पनामा कुलपति प्रधानमन्त्री हुनुहुँदैन भन्ने थियो । तर अहिलेको अध्यादेश जुन छ, त्यसले विश्वविद्यालयमा राजनीति हुनुहुँदैन भनेको छ । तर कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था छ’, उनले भने ।

यसै गरी नवप्रवर्तनका लागि विज्ञान र प्रविधिको विकास गर्न सरकारले ल्याएको अध्यादेशले सम्बोधन गर्न नसकेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप