आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

एसएलआरको गोली र लागुऔषधसहित एक युवक पक्राउ

मङ्गलबार, २९ वैशाख २०८३, २१ : १६
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवाबाट प्रहरीले लागुऔषध र एसएलआर हतियारमा प्रयोग हुने गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
  • विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २६ वर्षीय सागर थापा मगरलाई पक्राउ गरेको हो।
  • मगरको कोठाबाट प्रहरीले लागुऔषध ट्रामाडोल ८२ चक्की, टापेन्टाडोल १४ चक्की, एक थान मोबाइल र एसएलआर हतियारको एक थान जंगी लाइभ राउण्ड गोली बरामद गरेको छ।

कास्की । कास्कीको पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवाबाट प्रहरीले लागुऔषध र एसएलआर हतियारमा प्रयोग हुने गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। 

लागुऔषधको बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले २६ वर्षीय सागर थापा मगरलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराको टोलीले सोमबार दिउँसो मगरको कोठामा खानतलासी गरेको थियो। 

लम्जुङ क्व्होलासोथार गाउँपालिका ९ स्थायी घर भई हाल रानीपौवा बस्दै आएका मगरको कोठाबाट प्रहरीले लागुऔषध ट्रामाडोल ८२ चक्की, टापेन्टाडोल १४ चक्की, एक थान मोबाइल र एसएलआर हतियारको एक थान जंगी लाइभ राउण्ड गोली बरामद गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले बताए।

हातहतियारको गोली र लागुऔषधसहित फेला परेका मगरलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरिएको बस्नेतले जानकारी दिए। बरामद गरिएको गोली र लागुऔषधका सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप