पेरुमा राष्ट्रपतिका उम्मेदवार रोबर्टाे सान्चेजमाथि आर्थिक अपराधको आरोप
लिमा । पेरुमा आगामी राष्ट्रपति निर्वाचनमा वामपन्थी उम्मेदवार रोबर्टाे सान्चेज विरुद्ध त्यहाँको सरकारी अभियोजन कार्यालयले आर्थिक अपराधसम्बन्धी आरोप लगाएको छ । अभियोजन पक्षले उनलाई पाँच वर्ष चार महिना जेल सजाय दिन माग गरेको छ ।
मङ्गलवार सार्वजनिक गरिएको आरोपपत्रमा सान्चेजले सन् २०१८ देखि २०२० सम्मको चुनावी अभियानसँग सम्बन्धित आर्थिक विवरणमा गलत जानकारी दिएको आरोप लगाइएको हो । यो आरोप सार्वजनिक हुनु केही घण्टाअघि मात्रै निर्वाचन अधिकारीहरूले सान्चेज राष्ट्रपतीय दोस्रो चरणको चुनावमा प्रवेश गर्ने निश्चित भएको बताएका थिए । दोस्रो चरणको मतदान जुन ७ मा हुने तय गरिएको छ ।
स्थानीय पत्रिका एल कमर्सियोका अनुसार अभियोजकहरूले सान्चेज र उनका दाजु विलियमले करिब २ लाख ८० हजार पेरुभियन सोल (झन्डै ८१ हजार ७२० अमेरिकी डलर) बराबरको चन्दा तथा सदस्यता शुल्क लुकाएको आरोप लगाएका छन् ।
उक्त रकम पार्टीको आधिकारिक वित्तीय विवरणमा उल्लेख नगरिएको बताइएको छ । सान्चेजमाथि प्रशासनिक प्रक्रियामा गलत बयान दिएको आरोप पनि लगाइएको छ । साथै, अभियोजन पक्षले उनलाई राष्ट्रपतिको पद धारण गर्न स्थायी रूपमा अयोग्य घोषणा गर्न पनि माग गरेको छ ।
सान्चेजका वकिलले भने आरोप अस्वीकार गर्दै पार्टीको आर्थिक विवरण पेस गर्ने जिम्मेवारी कोषाध्यक्षको हुने बताएका छन् । स्थानीय सञ्चारमाध्यम आरपीपीसँग कुरा गर्दै उनले सान्चेज प्रत्यक्ष रूपमा जिम्मेवार नभएको दाबी गरेका हुन् ।
अब मे २७ मा न्यायाधीशले यो मुद्दा औपचारिक रूपमा अदालतमा जाने वा नजाने निर्णय गर्नेछन् । मतगणनाको पछिल्लो नतिजाअनुसार सान्चेज दोस्रो चरणमा दक्षिणपन्थी नेतृ केइको फुजिमोरीसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण