बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तृषाको फिल्मका लागि विजयले खुलाए बिहानी शो

बुधबार, ३० वैशाख २०८३, १६ : ११
बुधबार, ३० वैशाख २०८३

मुम्बई । विगत तीन वर्षदेखि तमिलनाडुमा प्रतिबन्ध रहेको फिल्मको बिहानी शो खुला भएको छ । तमिलनाडुको मुख्यमन्त्री सुपरस्टार थलापति विजयले बिहानी शो खुला गर्न अनुमति दिएका हुन् । सन् २०२३ मा एउटा ठुलो घटनापछि तमिलनाडु सरकारले सुरक्षाको कारण देखाउँदै फिल्मको बिहानीलाई प्रतिबन्ध लगाएको थियो ।

सूर्या र तृषा कृष्णन अभिनीत नयाँ फिल्म ‘करप्पू’ का लागि बिहान ९ बजेदेखि शो खुलाउन अनुमति दिएको भारतीय मिडियाले जनाएका छन् ।

फिल्मको प्रोडक्शन हाउसले सामाजिक सञ्जालमा मुख्यमन्त्री विजयको तस्बिरसहित लेखेका छन्, ‘हाम्रा मुख्यमन्त्री जोसेफ विजयलाई ‘करुप्पू’ को बिहान ९ बजेको शोका लागि विशेष अनुमति दिएकोमा धन्यवाद । मे १४ देखि बिहान ९ बजेका स्पेसल शोहरू सुरु हुनेछन् ।’

विजयले यो फिल्मलाई बिहान ९ बजेदेखि प्रदर्शन गर्न अनुमति दिनुको पछाडि तृषासँगको सम्बन्ध मुख्य कारण रहेको चर्चा छ । किनभने लामो समयदेखि विजयको नाम तृषासँग जोडिँदै आएको छ ।

विजयले विधान सभाको चुनाव जितेपछि उनलाई बधाई दिन तृषा घरमै पुगेकी थिइन् । विजयको शपथ समारोहमा पनि उनी सहभागी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप