बिहीबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
सारांश
- बि.सं. २०८३ साल वैशाख ३१ गते बिहीबारका दिन विभिन्न राशीहरूको राशिफल प्रस्तुत गरिएको छ।
- मेष राशीका लागि समय र कामको तालमेल नमिल्दा पछि परिने र स्वास्थ्यमा समस्या आउने सम्भावना छ, तर यात्रा र प्रेममा सफलता मिल्नेछ।
- वृष राशीका लागि पैतृक स्रोतसाधनबाट आम्दानी बढ्ने, आफन्तको इच्छा पूरा हुने र राजनीतिमा पद प्रतिष्ठा प्राप्तिको योग छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल वैशाख ३१ गते । बिहीबार । इस्वी सन् २०२६ मे १४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–द्वादशी, ६ घडी ४६ पला, बिहान ८ बजेर ० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–रेवती, ३७ घडी २५ पला, बेलुकी ८ बजेर १६ मिनेट उप्रान्त अश्विनी । योग– प्रिती, २६ घडी १४ पला, दिउँसो ३ बजेर ४७ मिनेट उप्रान्त आयुष्मान । करण–तैतिल, बिहान ८ बजेर ० मिनेट उप्रान्त गर, बेलुकी ७ बजेर १२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मीन, बेलुकी ८ बजेर १६ मिनेट उप्रान्त मेष ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १८ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४३ मिनेट । दिनमान ३३ घडी ३६ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर १८ मिनेटसम्म शुभ बेला ।
- बिहान ५ बजेर १९ मिनेटदेखि बिहान ६ बजेर ५९ मिनेटसम्म रोग बेला ।
- बिहान ७ बजेर ० मिनेटदेखि बिहान ८ बजेर ३९ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ८ बजेर ४० मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर २१ मिनेटदेखि बिहान १२ बजेर १ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १२ बजेर २ मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म अमृत बेला ।
- दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर २२ मिनेटसम्म काल बेला ।
- दिउँसो ३ बजेर २३ मिनेटदेखि बेलुकी ५ बजेर ३ मिनेटसम्म शुभ बेला ।
- बेलुकी ५ बजेर ४ मिनेटदेखि बेलुकी ८ बजेर ३ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर २२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ४२ मिनेटदेखि बिहान ४ बजेर ३० मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय तथा कामको तालमेल नमिल्दा अरूभन्दा पछि परिनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । तर पनि बसाई सराई तथा लामो दुरीको यात्राको तय हुनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेममा नजिक हुन सकिनेछ । व्यापारी, विद्यार्थी तथा सामाजिक काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्रतिष्ठा प्राप्तिको योग रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरु वर्ग तथा आफन्त खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरीको योग रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धार्मिक तथा पढाइ लेखाइकै सवालमा लामो दुरीको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिति रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिति रहनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइने हुँदा अगाडी बढ्न सहज हुनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा र मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलासिताले खर्च बढाए पनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउँदै शिक्षा तथा बैङ्किङ क्षेत्रमा लगानी बढाउन सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने नोकरीमा बढुवा हुने योग रहेको छ । बौद्धिकताले सम्मान दिलाउनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरूबाट टाढिएर परदेशको यात्रा गर्नुपर्दा असहज महसुस हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । सापटी दिइएका रकमहरू फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग पाइनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको भरपुर सहयोग पाइनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धिमूलक यात्रा हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) तपाईँले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारिक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा शङ्का उपशङ्काहरू हट्दै जानेछ । निर्माण सामाग्री तथा खानेकुराको सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधिको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । व्यापार, वित्तीय क्षेत्र र उद्योगमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
सहकारी विधेयकमाथि थापाको प्रश्न : पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?
-
स्ट्रेट अफ होर्मुजमा तानातानः इरान–अमेरिका सम्झौता संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण