‘लालीबजार’ले दोस्रो सातामा
सारांश
- ‘लालीबजार’ फिल्म दोस्रो सातामा प्रवेश गरेको छ, जसले बादी समुदायको पृष्ठभूमिमा आमा-छोरीको कथालाई दर्शकको बलियो ‘वर्ड अफ माउथ’का कारण शो सङ्ख्या बढाएको छ ।
- फिल्मले नयाँ पोस्टर सार्वजनिक गरेको छ जसमा अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेत्री प्रशंसा सुवेदी आमा र छोरीको भूमिकामा देखिएका छन्, जसले सन्तान रक्षाका लागि आमाको लडाईलाई दर्शाउँछ ।
- बादी समुदायका अभियन्ताहरूले फिल्मलाई आमा र छोरीको मर्मस्पर्शी कथा भन्दै प्रशंसा गरेका छन्, जसले शोषण उजागर गरी शासक विरुद्ध आवाज उठाउने प्रेरणा दिएको छ ।
काठमाडौँ । गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएका छन् । सोही कारण फिल्मले पहिलो साताको तुलनामा शो सङ्ख्या बढाएको छ । फिल्मले काठमाडौँसँगै मोफसलमा पनि दर्शकको साथ पाएको छ ।
यस्तै फिल्मले नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ । अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेत्री प्रशंसा सुवेदी फिचर्ड पोष्टरमा मार्फत आमा र छोरीको भूमिका दर्शाउन खोजिएको छ । पोस्टरमा देखाईएको दृश्यलाई फिल्मको महत्वपूर्णस्थानमा प्रयोग गरिएको छ । जहाँ दर्शकले हलमा ताली र सिट्टी बजाउने गरेका छन् । एउटी आमाले आफ्नो सन्तान रक्षाका लागि जस्तो सुकै लडाई लड्न सक्छिन् भन्ने तथ्य पोस्टरले प्रस्ट पारेको छ ।
बादी समुदायका अभियन्ताले फिल्मलाई आमा र छोरीको मर्मस्पर्शी कथा रहेको भन्दै दर्शकले तारिफ गरेका छन् । सुर्खेतको लक्ष्मी चलचित्र मन्दिरमा एक सय ५० बढी बादी समुदायका दर्शकले फिल्म हेरका थिए । बादी समुदायको अभियन्ताका रुपमा चिनिएका हिरालाल बादीसँगै कुमार बादी, डोल्मा बादी, सपना बादी लगायतले फिल्म हेरेर तारिफ गर्दै उपस्थित टिमलाई धन्यवाद दिएका थिए ।
फिल्ममा शिक्षाको ज्योतिले समुदायले आफ्नो अवस्था बदल्दै साशक विरुद्ध आवाज उठाउने प्रेरणा दिएको सपना बादीले बताइन । उनले भनिन्, ‘साशकले हामी माथि गरेको शोषणलाई फिल्मले उजागर गरेको छ । एउटी आमाले आफ्नो सन्तानका लागि राज्य, साशक, समाजसँग गर्ने सङ्घर्षले हामीलाई प्रेरणा दिएको छ । यो फिल्म हाम्रो समुदायका महिलाले हेर्नु पर्ने बनेको छ ।’
अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता प्रदीप भट्टराईको टोली नेपालगंज र बुटवलका दर्शकसँग साक्षात्कार गरेर काठमाडौँ फर्किएका छन् । यो विकेन्डमा काठमाडौँ उपत्यका अन्तर्गतका हलमा दर्शकसँग साक्षात्कार गरेर पुनः मोफसल यात्रामा फर्किने योजना टिमको छ ।
मोफसल भ्रमणमा बादी समुदायबाट पाएको मायाले आफू उत्साहित रहेको अभिनेत्री स्वस्तिमा खड्काले बताइन ।
‘हामीले जसको कथा र व्यथा देखाएका छौँ, उहाँहरूले नै फिल्म हेरेपछि धन्यवाद दिनुभयो । हामीले गरेको काम र फिल्ममार्फत दिन खोजेको सन्देश दर्शकले बुझ्नु भएको छ, यो नै हाम्रो सफलता हो । हामी नेपालभरका दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया लिन आतुर छौँ ।’
‘हामी दोस्रो सातामा अझै बढी शो सङ्ख्यासहित सिनेमाघरमा छौँ, दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन । दर्शक जुन विश्वास बोकेर फिल्म हेर्न आउनुभएको छ, फर्किंदा सन्तुष्टि देखेका छौँ । यो हाम्रो सफलता हो’, निर्माता खत्रीले भन्नुभयो ।
उनले स–परिवार नै दर्शक बनेर हल आइपुगेकाहरू फिल्म सकिँदै गर्दा रुँदै बाहिरिएको बताए । फिल्मले आफ्नो आमाको महत्त्व र छोरी प्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँसु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण