थारु सभ्यताको जीवन्त पाठशाला बन्दै चखौरको सङ्ग्रहालय
सारांश
- दाङमा निर्माण गरिएको थारु सांस्कृतिक सङ्ग्रहालय लुम्बिनी प्रदेशकै एक प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।
- यस सङ्ग्रहालयमा थारु जातिको जन्मदेखि मृत्युसम्मका संस्कार र कलालाई मूर्तिमार्फत आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ।
- सङ्ग्रहालय परिसरमा थारु बस्तीको झल्को दिने परम्परागत घर, कोठा, धन्सार र देवस्थलका साथै राजा दंगीशरणको प्रतिमा र ऐतिहासिक नक्साहरू समेत राखिएका छन्।
दाङ । थारु समुदायको प्रमुख आधारभूमिका रूपमा परिचित दाङमा निर्माण गरिएको थारु सांस्कृतिक सङ्ग्रहालय अहिले लुम्बिनी प्रदेशकै एक प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ।
थारुका प्रथम राजा दंगीशरणले शासन गरेको जनविश्वासका आधारमा नामकरण गरिएको दंगीशरण गाउँपालिका–३ चखौरमा यो सङ्ग्रहालय अवस्थित छ।
_qgoMJBudzH.jpg)
थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको यस सङ्ग्रहालयमा थारु जातिको जन्मदेखि मृत्युसम्मका संस्कार र कलालाई मूर्तिमार्फत आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ।
_0IbNvjNRjM.jpg)
सङ्ग्रहालय अवलोकनका लागि थारु समुदायका साथै अन्य जातजातिका मानिसहरूको पनि उल्लेख्य भीड लाग्ने गरेको छ। दैनिक सयौँदेखि एक हजारभन्दा बढी पर्यटक पुग्ने यस स्थानमा दाङका मात्र नभई चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र मोरङ लगायतका क्षेत्रमा बसोबास गर्ने थारु समुदायको जीवनशैली र सांस्कृतिक पहिचान देख्न सकिन्छ।
_FDPi900anW.jpg)
करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय परिसरमा थारु बस्तीको झल्को दिने परम्परागत घर, कोठा, धन्सार र देवस्थलका साथै राजा दंगीशरणको प्रतिमा र ऐतिहासिक नक्साहरू समेत राखिएका छन्।
_bmwK2CfrDF.jpg)
सङ्ग्रहालयभित्र दुई सयभन्दा बढी मूर्तिहरू निर्माण गरिएका छन् भने थारु पुरुष र महिलाले प्रयोग गर्ने पोसाक, चाँदीका गहना र सांस्कृतिक नाचगानका भेषभूषा प्रदर्शनीमा समावेश छन्।
_Dwu4M46V5n.jpg)
पर्यटकका लागि यहाँ पुरानो तथा नयाँ सङ्ग्रहालय भवन, विश्राम गृह, थिएटर हल, पुस्तकालय, रेकर्डिङ स्टुडियो र कोसेली घर जस्ता सुविधाहरू उपलब्ध छन्। साथै, यहाँको रेस्टुरेन्टमा थारु समुदायका परम्परागत परिकारको स्वाद लिन सकिन्छ भने टाढाबाट आउने पर्यटकका लागि आवासको समेत व्यवस्था गरिएको छ।
_RYgMvf1iV5.jpg)
थारु समुदायले प्रयोग गर्ने कृषि औजार, माटाका भाँडा, ढकिया, माछा मार्ने सामग्री र कुलो तथा झरना जस्ता सांस्कृतिक प्रतिमाहरूले सङ्ग्रहालयलाई थप आकर्षक बनाएका छन्। पर्यटकलाई जानकारी दिन गाइडको व्यवस्था गरिएको यस सङ्ग्रहालयले करिब दुई दर्जन मानिसलाई प्रत्यक्ष रोजगारी समेत दिएको छ।
_uMrWi5O6Gd.jpg)
स्थानीय स्तरमा उत्पादन हुने तरकारी, माछा, घुँगी र अन्य परिकारको बिक्री बढ्दा यस क्षेत्रका सयौँ मानिसको जीविकोपार्जनमा समेत ठुलो टेवा पुगेको छ।
_I2TiW69yfI.jpg)
_dVdbrKzOuG.jpg)
_vVJejz193U.jpg)
_sNKSbgSEpZ.jpg)
_XcJmNmzYL1.jpg)
_weIWOnrrhe.jpg)
_jdShwyfkTc.jpg)
_ChMEBBIvsV.jpg)
_5saSO5Zp4x.jpg)
_TXnJFEshKn.jpg)
_uJbhh31Ul8.jpg)
_v2HVo3Oa29.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन
-
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन अपिल
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण