प्रेम र समर्पणको कथा हो ‘काजी’: केकी अधिकारी
सारांश
- अभिनेत्री केकी अधिकारीले 'काजी' प्रेमकथाकै फिल्म भएपनि यसअघि आएका भन्दा भिन्न रहेको बताएकी छन् ।
- फिल्मले प्रेम मात्र होइन प्रेममा समर्पण र सम्बन्ध बचाउन मानिसले भोग्ने सङ्घर्षलाई पनि मुख्य विषय बनाएको छ ।
- ग्रामीण र मध्यमवर्गीय नेपाली परिवारको परिवेशलाई राम्रोसँग प्रस्तुत गरिएको यो फिल्म जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ ।
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले ‘काजी’ प्रेमकथाकै फिल्म भएपनि यसअघि आएका भन्दा भिन्न रहेको बताएकी छन् । फिल्मको कथा पस्किने शैली र विषयवस्तु अहिलेसम्मकै उत्कृष्ट भएको दाबी उनको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले फिल्म सबै वर्गको दर्शकका लागि भएको बताइन् । ‘फिल्ममा भावनात्मक संवाद, पारिवारिक कथासँगै अभिनेता विपिन कार्की र मेरो जोडी पनि आकर्षक छ’, उनले थपिन् ‘फिल्मले प्रेम मात्र होइन प्रेममा समर्पण पनि देखाउँछ ।’
फिल्मको ट्रेलरमा पारिवारिक सम्बन्ध, प्रेम, त्याग र विश्वासलाई भावुक शैलीमा प्रस्तुत गरिएको थियो । जसमा रहेको विपिन र केकी अधिकारीको केमेस्ट्रीलाई दर्शकले चासो देखाएका छन् । फिल्मले प्रेम मात्र हैन सम्बन्ध बचाउन मानिसले भोग्ने सङ्घर्षलाई पनि मुख्य विषय बनाएको अभिनेता विपिनले बताए ।
‘फिल्म वास्तविक जीवनसँग नजिक महसुस लाग्छन् । जसमा ग्रामीण र मध्यमवर्गीय नेपाली परिवारको परिवेशलाई राम्रोसँग प्रस्तुत गरिएको छ’, विपिनले भने ‘कलात्मक छायांकन र ब्याकग्राउन्ड म्युजिकले पनि भावनात्मक दृश्यहरूलाई अझ प्रभावकारी भएको छ ।’ फिल्ममा आफ्नो ‘काजी’को भूमिका रहेको बताएका विपिनले परम्परागत भन्दा फरक काजी फिल्ममा देख्न सक्ने खुलाए । ‘काजी पात्र सम्बन्ध जोगाउन जुनसुकै हदसम्म जान तयार रहेको छ । यसबाट पनि फिल्म भिन्न भएको अनुमान गर्न सकिन्छ’ विपिनले थपे ।
कार्यक्रममा निर्देशक लक्ष्मण रिजालले फिल्म निर्माणका बारेमा प्रस्ट्याए ।
यही जेठ ८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्ममा विपिन र केकीको अलावा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धि सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारले अभिनय छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता नेहान रिजाल, विकाशराज जोशी रहेका छन् । असिम काफ्ले कार्यकारी निर्माता रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतरजको नृत्य निर्देशनछ । फिल्म श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण