गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरताका लागि संविधान संशोधन गर्न माग
सारांश
- श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरताका लागि संविधान संशोधन गर्न माग गरेका छन्।
- सांसद लिम्बूले विगत दुई दशकदेखि ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्ततिले नेपाली नागरिकताको निरन्तरताका लागि अभियान सञ्चालन गरिरहेको स्मरण गराए।
- उनले ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्तानको नैसर्गिक अधिकारलाई संविधानमा सुनिश्चित गर्न सरकारसमक्ष जोडदार माग गरेका छन्।
काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरताका लागि संविधान संशोधन गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले यस्तो माग राखेका हुन्।
सांसद लिम्बूले विगत दुई दशकदेखि ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्ततिले नेपाली नागरिकताको निरन्तरताका लागि अभियान सञ्चालन गरिरहेको स्मरण गराए। सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लागेको सन्दर्भमा संविधानको धारा १४ मा आवश्यक उपधारा थप गरी गोर्खा सैनिक र उनीहरूका सन्तानको वंशजको नागरिकता कायम राख्ने व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्तानको नैसर्गिक अधिकारलाई संविधानमा सुनिश्चित गर्न म सरकारसमक्ष जोडदार माग गर्दछु ।’
सांसद लिम्बूले वर्षौँदेखि समान पेन्सन र अन्य सेवा सुविधाको माग गर्दै आन्दोलनरत भूपू सैनिकहरूको समस्या समाधानका लागि प्रभावकारी कूटनीतिक पहल गर्न समेत आग्रह गरेका छन्। उनले बेलायत सरकारसँगको वार्ता र कूटनीतिक संवादमा सरकार बढी सक्रिय हुनुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण