संसदमा विपक्षीको नारा : निरङ्कुश सरकार मुर्दावाद ! (तस्बिरहरु)
सारांश
- प्रमुख प्रतिपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै नाराबाजी गरेका छन्।
- सभामुखले विपक्षीका माग सम्बोधन नगरी बैठक अघि बढाएपछि एमाले, नेकपा लगायतका सांसदले संसदमै नाराबाजी गरेका हुन्।
- विपक्षीको विरोध कायमै रहेका बेला सभामुखले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली र राष्ट्रिय विधि विज्ञान विधेयक अघि बढाएका छन्।
काठमाडौँ । विपक्षी राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध गरे पनि सभामुखले डीपी अर्यालले पेलेर संसद् चलाएपछि विपक्षी दल एमाले, नेकपा लगायतका सांसदले संसदमै नाराबाजी गरेका हुन् ।

विपक्षीको विरोधका कारण पहिलो बैठक स्थगित गरेका सभामुखले बिहीबारको दोस्रो बैठक विपक्षीका माग मुद्दा सम्बोधन गर्न छाडेर पेलेर अघि बढेका हुन् ।
सभामुख अर्यालले बैठकको कामकारबाही अघि बढाएपछि विपक्षी सांसदहरूले संसदमा नाराबाजी गरेका हुन् । उनीहरुले संसदीय मर्यादा कायम गर, विपक्षीको माग सम्बोधन गर, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद र निरङ्कुश सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।

विपक्षीको विरोध कायमै रहेका बेला सभामुख अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली र राष्ट्रिय विधि विज्ञान विधेयक अघि बढाएका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण