पोल्यान्डमा थप ५ हजार सेना पठाउँदै अमेरिका
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्यान्डमा थप ५ हजार सेना पठाउने घोषणा गरेका छन् ।
- यो घोषणा एक साताअघि रक्षा मन्त्रालयले पोल्यान्डमा पठाउने भनिएका ४ हजार सैनिकको तैनाथी योजना रद्द गरेपछि आएको हो ।
- ट्रम्पले यसअघि नेटोका सहयोगी राष्ट्रहरूलाई इरानमाथि दबाब बढाउने अमेरिकी प्रयासमा साथ नदिएको भन्दै आलोचना गरेका छन् ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्यान्डमा थप ५ हजार सेना पठाउने घोषणा गरेका छन् । एक साताअघि अमेरिकी रक्षा मन्त्रालयले पोल्यान्डमा पठाउने भनिएका ४ हजार सैनिकको तैनाथी योजना रद्द गरेपछि यो घोषणा आएको हो ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट लेख्दै उक्त निर्णय पोल्यान्डका राष्ट्रपति क्यारोल नवरास्कीसँगको अमेरिकाको सम्बन्धका आधारमा गरिएको ट्रम्पले बताएका छन् । उनले गत वर्ष भएको राष्ट्रपतीय निर्वाचनमा नवरास्कीलाई समर्थन गरेका थिए ।
यद्यपि, ट्रम्पले थप पठाइने सैनिकहरू अघिल्लो तैनाथी योजनाकै हिस्सा हुन वा अलग अभियानअन्तर्गत पठाइने हुन भन्नेबारे स्पष्ट पारेका छैनन् । हालैका हप्ताहरूमा ह्वाइट हाउसले ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत युरोपमा रहेका अमेरिकी सैनिकको सङ्ख्या घटाउने सङ्केत दिएको थियो ।
यस महिनाको सुरुमा अमेरिकाले जर्मनीबाट पनि ५ हजार सैनिक फिर्ता बोलाउने घोषणा गरेको थियो । इरानसँगको युद्धबारे ट्रम्प र जर्मन चान्सलर फेड्रिख मेत्सबिचको विवादपछि यो निर्णय आएको बताइएको छ ।
ट्रम्पले यसअघि इरानी वार्ताकारहरू सँगको वार्तामा अमेरिका ‘अपमानित’ भएको मट्जको अभिव्यक्तिको आलोचना गरेका थिए । पोल्यान्ड पठाइने थप सैनिक जर्मनीबाट फिर्ता गरिएका सैनिककै हिस्सा हुन् वा छुट्टै समूह हो भन्ने अझै स्पष्ट छैन । यसका साथै ट्रम्पले नेटोका सहयोगी राष्ट्रहरूलाई इरानमाथि दबाब बढाउने अमेरिकी प्रयासमा साथ नदिएको भन्दै आलोचना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण