बेलायतकी राज्यमन्त्री सीमा नेपालमा
काठमाडौँ । बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला तथा समानता सम्बन्धी राज्यमन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएकी छिन् । बेलायतकी लेबर पार्टीकी नेतृ समेत रहेकी उनी आज नेपाल आइपुगेकी हुन्
उनी नेपाल भ्रमणमा आएको पुष्टि काठमाडौँस्थित बेलायती दूतावासले गरेको छ । राज्यमन्त्री सीमालाई स्वागत गर्दै दूतावासले बेलायत–नेपालको लागि यो एक महत्त्वपूर्ण भ्रमण हुने बताउँदै दुई देशको मित्रता तथा साझेदारीलाई अझ बलियो बनाउने बताएको छ ।
राज्यमन्त्री सीमाको बारेमा थप जानकारी गराएको छैन । सन् २०११ देखि पश्चिम लन्डनस्थित फेल्थम एन्ड हेस्टन क्षेत्रकी सांसद समेत रहेकी उनी बेलायतको संसदमा महिला अधिकार, रोजगारी, शिक्षा, आप्रवासन नीति तथा इन्डो–प्यासिफिक क्षेत्रमा काम गर्दै आइरहेकी छिन् ।
उनको जन्म लन्डनमा भए पनि उनको मूलघर भारतको पन्जाब रहेको बताइएको छ । राज्यमन्त्री सीमाले नेपालमा लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जनाको विषयमा बेलायती ब्रिटिस इन्टरनेशनल इन्भेष्ट (बीआइआइ) तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) का प्रतिनिधिसँग छलफल गरेकी छिन् ।
उनले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवर्द्धन गर्न बीआइआइले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताइन् । नेपालमा कार्यालय रहेको एक मात्र विकास वित्त संस्था (डीएफआइ) का रूपमा बीआईआईले रोजगारी सिर्जना गर्ने व्यवसायहरूमा लगानी गर्दै आएको बताइन् ।
बीआईआईले नेपालमा हरित ऊर्जा, दिगो विकास, साना तथा मझौला उद्यम र निजी क्षेत्रको विस्तारमा लगानी गर्दै आएको छ । हालै नेपालमा हरित बन्डमार्फत जलवायुमैत्री लगानी विस्तारमा समेत यसले सहकार्य गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण