बुमराहसँग साउथ स्टार रामचरणले मागे माफी
सारांश
- साउथ फिल्म स्टार रामचरणले संगीतकार एआर रहमान र अभिनेत्री जान्हवी कपुरसँग भोपालमा आयोजित आफ्नो चलचित्र 'पेड्डी'को म्युजिक लन्च कार्यक्रममा क्रिकेटर जसप्रित बुमराहलाई फुटबल खेलाडी भनेर गल्ती गरे।
- यस गल्तीको भिडियो सार्वजनिक भएपछि रामचरणले सामाजिक सञ्जाल एक्समा बुमराहसँग माफी माग्दै यसलाई उत्साहमा भएको मानवीय गल्ती बताएका छन्।
- कार्यक्रममा रामचरणले मध्य प्रदेशलाई बिहार भनेर सम्बोधन गरेका थिए र सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी, रोहित शर्मा, र विराट कोहलीको पनि प्रशंसा गरेका थिए।
भोपाल । साउथ फिल्म स्टार रामचरण आफ्नो आगामी चलचित्र ‘पेड्डी’ को म्युजिक लन्चका लागि भोपाल पुगेका थिए। उक्त कार्यक्रममा उनीसँगै संगीतकार एआर रहमान र अभिनेत्री जान्हवी कपुर पनि उपस्थित थिए।
कुराकानीका क्रममा रामचरणले भारतीय क्रिकेटरहरूको प्रशंसा गरे, तर तीव्र गतिका बलर जसप्रित बुमराहको चर्चा गर्दा उनीबाट एउटा गल्ती हुन पुग्यो। उनले बुमराहलाई क्रिकेटको सट्टा गल्तीवश फुटबल खेलसँग जोडिदिए।
यसको भिडियो सार्वजनिक भएपछि रामचरणले तुरुन्तै बुमराहसँग माफी मागेका छन् र यसलाई भीडका बिच उत्साहमा भएको गल्ती बताएका छन् । यसैगरी कार्यक्रमका क्रममा उनले मध्य प्रदेशलाई बिहार भनेर सम्बोधन गरे। स्टेजबाट जनतालाई सम्बोधन गर्ने क्रममा उनले ‘हाम्रा बिहारका मानिसहरू, बिहारका मानिसहरू, तपाईंहरू मेरो साथमा हुनुहुन्छ ?’ भनेका थिए।
भोपालमा भएको यस कार्यक्रममा रामचरणलाई भारतीय क्रिकेटरहरूलाई केही शब्दमा वर्णन गर्न भनिएको थियो। उनले सचिन तेन्दुलकरको खेल जीवनलाई ‘लामो र महान यात्रा’ बताए। महेन्द्र सिंह धोनीलाई ‘शान्त र कूल’ भने भने रोहित शर्मालाई ‘सबैको मनपर्ने मानिस’ का रूपमा चित्रण गरे। विराट कोहलीको नाम आउँदा उनले मात्र एक शब्द ‘फायर’ भनेर टिप्पणी गरे।
भिडियो सार्वजनिक भएपछि रामचरणले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्ट सेयर गर्दै बुमराहसँग माफी मागेका हुन्। उनले लेखेका छन्, ‘उफ..म कहिलेकाहीँ नामहरूलाई लिएर कुराहरू बिर्सिन्छु, यस गडबडीका लागि जसप्रित बुमराहजीसँग माफी माग्दछु, यति धेरै उत्साह र ठुलो भीडका बिच यो केवल एउटा मानवीय गल्ती थियो ।’ रामचरणले अगाडि लेख्दै आफूले बुमराहको निकै सम्मान गर्ने र उनको खेलको प्रशंसा गर्ने समेत उल्लेख गरे।
चलचित्र ‘पेड्डी’ एउटा प्यान–इन्डिया चलचित्र हो, जसको स्टारकास्ट यसको संगीत प्रवर्द्धनका लागि भोपाल आएको थियो। यस चलचित्रमा रामचरणसँगै जान्हवी कपुर मुख्य भूमिकामा छिन् भने संगीत ओस्कार विजेता एआर रहमानले तयार पारेका हुन्।
रामचरणको अघिल्लो चलचित्र ‘आरआरआर’ को सफलतापछि उत्तर भारतमा पनि उनका चलचित्रहरूलाई लिएर दर्शकहरूमा निकै चासो रहने गरेको छ। यो चलचित्र जुन ४ मा रिलिज हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण