सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कञ्चनपुरमा रेस्टुरेन्ट सञ्चालकमाथि आक्रमण, प्रहरीले अनुसन्धान गर्दै

आइतबार, १० जेठ २०८३, १२ : ०७
आइतबार, १० जेठ २०८३

सारांश

  • कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक रेस्टुरेन्ट सञ्चालकलाई अर्को समूहले आक्रमण गरेको छ ।
  • युवाहरूको समूहले ग्राण्ड प्यासेफिक रेस्टुरेन्टका सञ्चालक गोविन्द चन्दलाई रेस्टुरेन्टभित्रै प्रवेश गरी कुटपिट गरेको छ ।
  • घटनामा संलग्नहरूको खोजी तथा अनुसन्धान प्रहरीले गरिरहेको छ ।

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–४ स्थित एक रेस्टुरेन्ट सञ्चालकलाई अर्को समूहले आक्रमण गरेको छ । शनिबार राति ९ बजेतिर युवाहरूले ग्राण्ड प्यासेफिक रेस्टुरेन्टका सञ्चालकलाई आक्रमण गरेका हुन् ।

रेष्टुरेण्टभित्र प्रवेश गरेका युवाहरूको आक्रमणबाट रेस्टुरेन्ट सञ्चालक गोविन्द चन्द घाइते भएका छन् । सुरु दुई जना युवाहरू प्रवेश गरेर टेबलमा बसिरहेका चन्दलाई आक्रमण सुरु गरेका थिए ।

पछि अचानक थप युवाहरू प्रवेश गरेर कुटपिट गरेको सीसीभिटी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनामा संलग्नहरुकाे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर वीरेन्द्रसिंह थापाले रातोपाटीलाई बताए । उनले भने- ‘गएरातिको घटनाको हामी त्यसबारे अनुसन्धान गर्दैछौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप