सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मोडलिङमा रोल्पाकी अस्मिता, गीत 'रानीफूलैमा'बाट इन्ट्री

आइतबार, १० जेठ २०८३, १२ : १७
आइतबार, १० जेठ २०८३

सारांश

  • रोल्पाकी अस्मिता बुढा मगरले 'रानीफूलैमा' नामक म्युजिक भिडियोबाट नेपाली मोडलिङ क्षेत्रमा पाइला टेकेकी छिन्।
  • रोल्पामा जन्मिएकी अस्मिताले मोडलिङमा भविष्य बनाउने सपना बोकेर काठमाडौं आएकी हुन् र 'रानीफूलैमा'बाट पहिलो अवसर पाएकी छिन्।
  • सार्वजनिक भएको एक दिनमै १ लाख ३९ हजारभन्दा बढी भ्युज पाएको गीतले अस्मितालाई कला क्षेत्रमा थप मेहनत गर्न प्रेरित गरेको छ।

काठमाडौँ । नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाको रूपमा अस्मिता बुढा मगरको इन्ट्री भएको छ। हालै सार्वजनिक भएको म्युजिक भिडियो 'रानीफूलैमा' बाट उनको मोडलिङमा प्रवेश भएको हो । 

रोल्पामा जन्मिएकी अस्मिता आफूले यही क्षेत्रमा भविष्य बनाउन चाहेको बताइन् । यही सपना बोकेर रोल्पाबाट सपना बोकेर काठमाडौँ बताउने उनले पहिलो अवसर रानीफूलैमा पाएको बताइन् । 

'पहिलो पटक मोडलिङ गरेको गीतलाई नै दर्शक र श्रोताहरूले यति धेरै मन पराइदिनुहुन्छ भन्ने सोचेकी थिइनँ,' अस्मिता भन्छिन्, 'यस सफलताले मलाई कला क्षेत्रमा अझै मेहनत गर्ने प्रेरणा दिएको छ।'

सार्वजनिक भएको एक दिनमै गीतले १ लाख ३९ हजार भन्दा बढी भ्युज बटुलिसकेको छ । दीपक घर्ती मगरको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा निता थापा मगर, कमल घर्ती मगर, सुनिता थापा र दीपककै स्वर रहेको छ । 

सिद्धार्थ आले मगर र कमल घर्ती मगरको लिरिक्स रहेको गीतमा कमल घर्ती मगरकै संगीत रहेको छ ।  गीतमा अस्तिमा बाहेक अजय पुन मगर, दीपक घर्ती मगर र पुष्पा  सेन्चुरीको समेत अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप