कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठक जेठ १३ गते बस्ने, यस्ता छन् एजेन्डा
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठक आगामी जेठ १३ गते आइतबार बस्ने भएको छ ।
- बैठकमा उपसमितिका संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने, नयाँ उपसमिति गठन गर्ने, प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमहरूको समीक्षा गर्ने र पार्टीको नीतिगत सुधारबारे छलफल हुनेछ ।
- यो बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
काठमाडौँ । नेपाली कांग्रेसको ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ को तेस्रो बैठक आगामी जेठ १३ गते आइतबार बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
दुलालले बिहीबार सूचना जारी गर्दै प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन निर्देशानुसार अनुरोध गरेका छन् ।
बैठकका लागि चार प्रस्तावहरू तय गरिएको सूचनामा उल्लेख छ । बैठकमा प्रतिष्ठानको दोस्रो बैठकबाट चयन भएका विभिन्न उपसमितिका संयोजकहरूले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्नेछन् ।
त्यस्तै, बैठकले आवश्यकताअनुसार थप नयाँ उपसमितिहरू गठन गर्ने र तिनको संयोजकको जिम्मेवारी समेत तय गर्ने, सातै प्रदेशमा सम्पन्न भएका प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमहरूको समीक्षा गर्ने र पार्टीको नीतिगत सुधार र आगामी प्रशिक्षण रणनीतिबारे अन्य विविध विषयमा पनि छलफल हुने दुलालद्वारा जारी सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण