प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन
सारांश
- प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पुरा गरेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
- प्रसाईंले विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा अभियोग दायर गर्न प्रहरीले राय दिएको छ ।
- प्रसाईंले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
काठमाडौँ । पर्सामा हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान पुरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी दिए ।
जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा अभियोग दायर गर्न राय दिएको छ ।
विभिन्न युट्युब च्यानल र वीरगन्ज पुगेपछि प्रसाईंले दिएका अभिव्यक्तिलाई प्रहरीले अनुसन्धानको आधार बनाएको छ । प्रसाईंले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
उनले एउटा युट्युब च्यानलसँग अन्तर्वार्ता दिँदै प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, पूर्वमन्त्री कुलमान घिसिङ र सांसद हर्क सम्पाङलाई चलाउने ‘एउटै टिम’ भएको जिकिर गरेका छन् । हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गर्न तयार भए बालेन्द्र शाहको फोटो घरमा राख्ने पनि उनले उल्लेख गरेका छन् ।
त्यस्तै, सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले अश्लील टिप्पणी गरेका छन् ।
प्रसाईं वीरगन्ज बजारमा रहेको गहवा माई मन्दिर दर्शन गर्न र त्यहाँ संरचना भत्काइएका मानिसहरूलाई सम्बोधन गर्न भन्दै पर्सा पुगेका थिए । सर्वोच्च अदालतले प्रसाईंलाई सोमबार सम्म हिरासत मुक्त गर्न आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण