सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सोमबार, ११ जेठ २०८३, १७ : ४०
सोमबार, ११ जेठ २०८३

सारांश

  • विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
  • उदयपुर, रौतहट, कपिलवस्तु र महोत्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको ज्यान गएको हो ।
  • दुर्घटनामा संलग्न सवारीका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । उदयपुर, रौतहट, कपिलवस्तु लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो ।

उदयपुरको कटारी नगरपालिका– २ स्थित सडकमा गिद्वबरबाट बेलसोततर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०९८५ नम्बरको बसबाट खसेर बसका सहचालक सोही नगरपालिका–२ खोक्सा बस्ने ३१ वर्षीय उत्तम थापाको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका–१० बालचनपुर सिमरा भवानीपुरस्थित सडकमा ना.३५ प ४९५७ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार बारा करैयामाई गाउँपालिका–५ तेतरिया टोल बस्ने १८ वर्षीया सरिता पासवानको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्युरो अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ दोहनी पेट्रोल पम्प अगाडि सडकमा तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको रा.१ ख १६६८ नम्बरको लहरीले लु.९४ प ३१८३ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । नाम, थर र वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सिटी अस्पतालमा भैरहवामा उपचार भइरहेको छ । लहरी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका–२ मटिहानी चोकस्थित सडकमा ना.४ ख ४७५८ नम्बरको बसको ठक्करबाट पैदल यात्री सोही नगरपालिका–६ बस्ने ७५ वर्षीय चन्देश्वर साहको सोमबार बिहान मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जलेश्वर हुँदै थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप