एउटा शब्द र एउटा वाक्यमै अड्कियो अमेरिका–इरान सम्झौता: रुबियो
सारांश
- अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने प्रयास केही संवेदनशील शब्द र वाक्यांशका कारण अन्तिम चरणमा अड्किएको छ ।
- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्ता नाजुक अवस्थामा पुगेको र केही दिन लाग्न सक्ने बताएका छन् ।
- अमेरिकी सेनाले गरेको कारबाहीलाई इरानी सञ्चारमाध्यमले युद्धविरामको उल्लंघन भनेका छन् ।
वाशिङटन डीसी । अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास अन्तिम चरणमा पुगेको खबर आइरहँदा अचानक वार्ता अड्किएको समाचार आएको छ ।
वार्ता केही संवेदनशील शब्द र वाक्यांशमै अड्किएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन् । मंगलबार भारत भ्रमणका क्रममा विमानमै पत्रकारहरूसँग कुरा गर्दै रुबियोले वार्ता अत्यन्त नाजुक अवस्थामा पुगेको सङ्केत दिए ।
‘अब कुरा एउटा शब्द र एउटा वाक्यमा अड्किएको छ । यसलाई मिलाउन अझ केही दिन लाग्न सक्छ । हामीले ती मतभेद समाधान गर्न काम गर्नुपर्नेछ’ उनले भने । रुबियोको यो टिप्पणी अमेरिकी सेनाले दक्षिणी इरान र स्ट्रेट अफ होर्मुज आसपास रक्षात्मक कारबाही भन्दै मिसाइल प्रक्षेपण स्थल र केही डुङ्गामाथि हमला गरेकै दिन आएको हो । अमेरिकी सेनाले ती कारबाही आफ्ना सैनिक र अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षाका लागि गरिएको दाबी गरेको छ । अमेरिकी कारबाहीबारे प्रश्न सोध्दा रुबियोले भने, “स्ट्रेट खुला हुनैपर्छ । एक वा अर्को तरिकाले त्यो खुल्नेछ” ।
इरानी सरकारी अधिकारीहरूले अमेरिकी हमलाबारे तत्काल औपचारिक प्रतिक्रिया दिएका छैनन् । तर इरान–सम्बद्ध सञ्चारमाध्यमहरूले यसलाई हाल कायम युद्धविराम सम्झौताको उल्लंघन बताएका छन् । युद्धविराम लागू भएपछि पनि अमेरिकी र इरानी सेनाबिच पटक पटक तनाव, गोली हानाहान तथा सीमित सैन्य झडप हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण