३५ वर्षदेखि देश खोक्रो बनाउनेविरुद्ध लडेर जेनजीले के अन्याय गरे ?
मङ्गलबार, १२ जेठ २०८३, १२ : १७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले ३५ वर्षदेखि देशलाई खोक्रो बनाउने विरुद्ध जेनजी आन्दोलन गर्नेहरूमाथि भएको अन्यायबारे प्रश्न उठाएकी छन् ।
- उनले शून्य समयमा बोल्दै जेनजी आन्दोलनका क्रममा पक्राउ परी विभिन्न जेलमा रहेकाहरूको मुद्दा कहिले किनारा लाग्छ र उनीहरूलाई कहिले रिहाइन्छ भनी प्रश्न गरिन् ।
- सांसद बानुले प्रक्रिया पुर्याएर आन्दोलनकारीलाई रिहाइ गर्ने वातावरण निर्माण गर्न माग गरेकी छन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले ३५ वर्षदेखि देश खोक्रो बनाउने विरुद्ध जेनजी आन्दोलन गरेर के अन्याय गरे भनेर प्रश्न गरेकी छन् ।
प्रतिनिधि सभाको शून्य समयमा सांसद बानुले जेनजी आन्दोलनका क्रममा पक्राउ परि विभिन्न जेलमा रहेकाहरू कहिले छुट्छन् भनी प्रश्न गरिन् ।
‘३५ वर्ष देखि खोक्रो बनाउनेहरूविरुद्ध लडेकाहरू अहिले विभिन्न जेलमा छन् । मुलुकमा सुशासन भ्रष्टाचारको अन्त्यका लागि लडेकाहरू कसैको घर धान्ने छोरा हुन्, कसैका बुबा हुन् भने कोही सुनौलो भविष्य निर्माणका लागि पढिरहेका विद्यार्थी हुन् । उनीहरूको मुद्दा कहिले किनारा लाग्छ र उनीहरूलाई छाडिन्छ,’ बानुले भनिन् । उनले प्रक्रिया पुर्याएर छोड्ने वातावरण निर्माण गर्न पनि माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण