संसद् बैठक
आफूलाई संसद् बैठकबाट निष्कासन गर्न हर्कराज राईको माग
बुधबार, १३ जेठ २०८३, ११ : १६
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले आफूलाई बैठकबाट निष्कासन गर्न माग गरेका छन्।
- राईले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन निर्देशन दिन वा आफूलाई निष्कासन गर्न माग गरेका हुन्।
- उनले बैठक सुरु हुनेबित्तिकै प्लेकार्ड देखाएर विरोध जनाएका थिए।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राईले आफूलाई प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम आफूलाई बैठकबाट बाहिर निकाल्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै राईले आफ्नो आसनबाट उठेर प्लेकार्ड देखाएर विरोध गरेका थिए । त्यसपछि उनलाई बोल्न सभामुख डोलप्रसाद अर्यालले समय दिए ।
त्यसपछि बोल्दै उनले कि नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन निर्देशन दिन र त्यो गर्न नसक्ने भए आफूलाई नियमावलीको नियम ३१ को उपनियम (१) बमोजिम निष्कासन गर्न माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण