संसद बैठक
हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार
बुधबार, १३ जेठ २०८३, ११ : १७
सारांश
- श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुखले रुलिङ नगरेको भन्दै संसद बैठक बहिस्कार गरेका छन् ।
- उनले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम बैठकबाट बाहिर निकाल्न वा बालेनलाई संसदमा उपस्थित गर्न रुलिङको माग गरेका थिए ।
- सभामुखले रुलिङ नगरेपछि साम्पाङ झोला बोकेर आफैँ बैठक हलबाट बाहिरिएका थिए ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् ।
उनले बैठक बहिस्कार गरेपनि उनकै पार्टीका अन्य सांसदले भने बैठक बहिस्कार गरेका छैनन् ।
यसअघि प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै राईले आफूलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम बैठकबाट बाहिर निकाल्न वा बालेनलाई संसदमा उपस्थित गर्न रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए ।
तर सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर आफैँ बैठक हलबाट बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण