नेपाल आइडल विजेता सज्जाले गाइन् ‘पारस’का लागि गीत
सारांश
- नेपाल आइडल विजेता सज्जा चौलागाईंले फिल्म ‘पारस’ का लागि पहिलो गीत रेकर्ड गराएकी छन् ।
- उनले मंगलबार अनामनगरस्थित ड्रिम्स स्टुडियोमा फिल्मका लागि गीत गाएकी हुन्, जसमा सङ्गीतकार तथा गायक कोसिस क्षेत्रीको शब्द र सङ्गीत छ ।
- कृषा चौलागाईंले निर्देशन गर्ने यो फिल्ममा निखिल उप्रेती, जसिता गुरुङ, सुशील श्रेष्ठ, प्रियंका कार्की र निरुता सिंह लगायतको मुख्य भूमिका रहने छ ।
काठमाडौँ । नेपाल आइडल विजेता सज्जा चौलागाईँले फिल्म ‘पारस’का लागि पहिलो गीत गाएकी छिन् । उनले मंगलबार अनामनगरस्थित ड्रिम्स स्टुडियो’मा फिल्मका लागि गीत गाएकी हुन् । गीतमा सङ्गीतकार तथा गायक कोसिस क्षेत्रीको शब्द र संगीत रहेको छ। गीतको बोल भने अहिले गोप्य राखिएको छ ।
केपी फिल्मको ब्यानरमा निर्माण हुन लागेको फिल्म कृषा चौलागाईले निर्देशन गर्दैछिन् । एक्सन तथा सामाजिक कथावस्तुमा आधारित रहने फिल्ममा निखिल उप्रेती, जसिता गुरुङ, सुशील श्रेष्ठ, प्रियंका कार्की र निरुता सिंह लगायतको मुख्य भूमिकामा रहने छ।
फिल्मको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन् भने यसको छायाङ्कनको जिम्मेवारी पुरुषोत्तम प्रधानले लिएका छन् । निर्माण टिमले हालसम्म अन्य प्राविधिक तथा बाँकी कलाकारहरूको नाम गोप्य नै राखेको छ । गीत रेकर्डिङको काम अगाडि बढेसँगै निर्माण पक्षले फिल्म छिट्टै छायाङ्कनमा लैजाने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण