दुर्गा प्रसाईंमाथि सूक्ष्म छानबिन गर्न सिफारिस
सारांश
- राष्ट्रिय मानवअधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि भड्काउ अभिव्यक्ति दिएको विषयमा सूक्ष्म छानबिन गर्न सिफारिस गरेको छ ।
- प्रसाईंको जेनजी अभियन्तासँगै सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले प्रदर्शनकारीलाई आक्रोशित र उत्तेजित तुल्याएको आयोगको निष्कर्ष छ ।
- आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको क्षतिमा प्रसाईंको संलग्नता रहे–नरहेको विषयमा समेत अनुसन्धान गर्न भनेको छ ।
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि पनि ‘दुरुत्साहन’मा सूक्ष्म छानबिन गर्न सिफारिस गरेको छ । प्रसाईंले जेनजी अभियन्तासँगै सामाजिक सञ्जालमार्फत भड्काउ अभिव्यक्ति दिएको आयोगको निष्कर्ष निकाल्दै छानबिन गर्न भनेको हो ।
आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा संलग्नता रहे–नरहेको विषयमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ ।
‘अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव नपरेको सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए/नभएको वा सोको दुरुत्साहन भए/नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी,’ प्रसाईं लगायतको हकमा आयोग सिफारिसमा भनिएको छ, ‘सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लिखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चितसहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण