जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका : आयोग
सारांश
- राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन 'तिब्बतीयन ओरिजन ब्लड' (टिओबी) समूहको मुख्य भूमिका रहेको निष्कर्ष निकालेको छ ।
- छानबिन प्रतिवेदन अनुसार, टीओबी समूहले शान्तिपूर्ण आन्दोलनलाई 'हाइज्याक' गरी भीडलाई उत्तेजित पारेको र नवयुवा तथा विद्यार्थीहरूलाई मानव ढालका रूपमा प्रयोग गरी सुरक्षाकर्मीमाथि आक्रमण गरेको पाइएको छ ।
- आयोगले टीओबी समूहका व्यक्तिहरूको पहिचान, उद्देश्य र आन्दोलनका आयोजकहरूसँगको सम्बन्धबारे थप सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सिफारिस गरेको छ ।
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन र प्रदर्शनकारीलाई सुरक्षाफौज विरुद्ध उक्साउन ‘तिब्बतीयन ओरिजन ब्लड’ (टिओबी) भनिने समूहको मुख्य भूमिका रहेको निष्कर्ष निकालेको छ । आयोगले सो समूहमाथि सूक्ष्म अनुसन्धान गरी संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सरकारलाई सिफारिस गरेको छ ।
छानबिन प्रतिवेदन अनुसार, शान्तिपूर्ण भनिएको आन्दोलनलाई ‘हाइज्याक’ गर्न र भीडलाई उत्तेजित बनाउन टीओबी समूह सुनियोजित रूपमा परिचालन भएको देखिएको हो ।
आन्दोलनका क्रममा बानेश्वरस्थित एभरेस्ट होटल अगाडि ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका र हात तथा शरीरमा ‘टीओबी’ नै लेखिएको ट्याटु खोपेका १५ देखि २० जनाको ‘बाइकर ग्रुप’ देखा परेको थियो । यो समूहले शान्तिपूर्ण रूपमा भेला भएका जेनजी युवा र विद्यार्थीहरूलाई सुरक्षा घेरा तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न र संसद् भवनतर्फ अगाडि बढ्न निरन्तर उक्साएको पाइएको छ ।
आयोगको छानबिनले टीओबी समूहले नवयुवा र विद्यार्थीहरूलाई अगाडि सारेर उनीहरूलाई मानव ढालका रूपमा प्रयोग गरेको र आफूहरू पछाडि बसेर सुरक्षाकर्मीमाथि ढुङ्गा मुढा तथा आक्रमण गरेको गम्भीर तथ्य फेला पारेको छ । प्रतिवेदनमा भनिएको छ, ‘टीओबी समूहले आन्दोलनलाई कब्जामा लिई सुरक्षाकर्मी र संसद् भवनमाथि आक्रमण गर्न योजनाबद्ध रूपमा उक्साएको देखिन्छ ।’
आयोगले टीओबी समूहका व्यक्तिहरूको पहिचान, उनीहरूको उद्देश्य र आन्दोलनका आयोजकहरूसँग उनीहरूको के–कस्तो सम्बन्ध थियो भन्ने विषयमा हालसम्मको अनुसन्धानबाट स्पष्ट नभएको जनाएको छ ।
त्यसैले, सिफारिस खण्डको बुँदा १४ (क) मा आयोगले भनेको छ : ‘माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी कार्यक्रम राखिएकोमा सो भीडलाई उक्साउने र संसद् भवनको सुरक्षामा रहेका सुरक्षा फौजमाथि हिंसात्मक व्यवहार गर्न उक्साउने टीओबी समूह तथा अन्य व्यक्तिहरूको बारेमा सूक्ष्म अनुसन्धान गरी दोषी देखिए कानुन बमोजिम कारबाहीको दायरामा ल्याउनू ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण