सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ: ओली

बिहीबार, १४ जेठ २०८३, ०६ : ४९
बिहीबार, १४ जेठ २०८३

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि भएको बताएका छन् ।
  • उनले इस्लाम समुदायको महान् पर्व बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।
  • उनले नेपालका विविधता बिचको एकता नै हाम्रो शक्ति भएको र यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको बताएका छन् ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि भएको बताएका छन् । 

इस्लाम समुदायको महान् पर्व बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दे उनले यस्तो बताएका हुन् । 

'यहाँ मन्दिरको शंखनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुन्जिन्छन्। हाम्रो शक्ति यहाँका विविधता बिचको एकतामा छ। यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ' उनले सन्देशमा  भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप