फिल्म ‘शेप अफ मोमो’को प्रदर्शनसँगै किम्फको २३ औँ संस्करण सुरु
सारांश
- अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २३ औँ संस्करण बुधबारबाट काठमाडौंमा सुरु भएको छ ।
- त्रिबेनी राई निर्देशित फिचर फिल्म ‘शेप अफ मोमो’को प्रिमियरसँगै सुरु भएको महोत्सवमा २९ देशका ५० भन्दा बढी फिल्महरू प्रस्तुत गरिएका छन् ।
- पाँच दिनसम्म चल्ने यो महोत्सव ३१ मेसम्म ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमामा चल्नेछ ।
काठमाडौँ । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले बुधबारबाट काठमाडाैँमा सुरु भएको छ । त्रिबेनी राई निर्देशित फिचर फिल्म ‘शेप अफ मोमो’ प्रिमियरसँगै महोत्सव सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले परम्परागत घण्टा बजाएर महोत्सवको औपचारिक उद्घाटन गरे ।
कार्यक्रममा मन्त्री पौडेलले फिल्म मार्फत कथा भन्ने परम्पराको महत्त्व र प्रत्येक व्यक्तिका फरक कथाहरूलाई हाम्रो संस्कृतिको अभिन्न अंशका रूपमा उत्सव मनाउनुपर्ने आवश्यकता औँल्याए ।
‘किम्फजस्ता मञ्चहरू हामीजस्ता फिल्मकर्मीहरूको यात्राको महत्त्वपूर्ण सुरुवाती बिन्दु बन्न सक्छन्’, निर्देशक राईले भनिन् ।
पाँच दिनसम्म चल्ने किम्फमा २९ देशका ५० भन्दा बढी फिल्महरू प्रस्तुत गरेको छ, जसमा फिक्सन, डकुमेन्ट्री, सर्ट फिल्म तथा साहसिक फिल्म समावेश छन् । विश्वभरका कथासँगै नेपाल पानोरामा खण्डले स्थानीय आवाजलाई प्राथमिकता दिँदै उदाउँदा तथा स्थापित नेपाली फिल्मकर्मीहरूको कामलाई केन्द्रमा राखेको छ । महोत्सव ३१ मेसम्म ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमामा चल्नेछ ।
‘यस वर्षका फिल्महरूले मानिस, संस्कृति र तीव्र रूपमा परिवर्तन भइरहेको संसारका विविध कथाहरू प्रस्तुत गर्छन्। हामी फिल्म समुदायमा सृजनशीलता विकास गर्न र महत्त्वपूर्ण कथाहरूप्रति संवेदनशीलता अभिवृद्धि गर्न चाहन्छौँ’ महोत्सव निर्देशक राम्यता लिम्बु भनिन् ।
उद्घाटनअघि काठमाडौं डक ल्याबको दोस्रो संस्करणअन्तर्गत विकास गरिएका नौ दक्षिण एसियाली डकुमेन्ट्री परियोजनाको लाइभ पिचिङ सत्र सम्पन्न भएको थियो । ती परियोजनालाई पाँचदिने आवासीय इन्क्युबेटर कार्यक्रममार्फत फिल्मकर्मी क्यानडाकी अनम अब्बास, भुटानका अरुण भट्टराई तथा भारतकी सर्भनिक कौर ले मार्गदर्शन गरेका थिए।
किम्फ २०२६ को अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा भारतकी अन्तर्राष्ट्रिय फिल्म प्रोग्रामर दीप्ति डी कुन्हा, थाइल्याण्ड फिल्म अभिलेखालयकी निर्देशक चलिदा उअबुमरुङ्जित, नेपालका लेखक तथा कवि कुमार नगरकोटीलगायत छन् । नेपाल पानोरमा निर्णायक मण्डलमा लुसी डे बारोस, फिल्म निर्देशक नवीन चौहान तथा फिल्म पत्रकार एवं समालोचक रीना मोक्तान छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण