बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति

जनमत पार्टीसँग वार्ता सकारात्मक
बिहीबार, १४ जेठ २०८३, १५ : ००
बिहीबार, १४ जेठ २०८३

सारांश

  • जनता समाजवादी पार्टी नेपालले विभिन्न दलहरूसँग एकता तथा सहकार्यका लागि वार्ता गर्न एक समिति गठन गरेको छ ।
  • यसअघि जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता सम्पन्न भई समायोजन प्रक्रिया अगाडि बढेको छ ।
  • जसपा नेपालले जनमत पार्टीसँग पनि एकताका लागि छलफल गरिरहेको छ, जसमा कुराकानी सकारात्मक रूपमा अगाडि बढेको छ ।

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले विभिन्न दलसँग एकता तथा सहकार्यका लागि वार्ता गर्न समिति गठन गरेको छ । वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेम्जोङ, रेणु यादव र डा.सुरेन्द्रकुमार झालाई जिम्मेवारी दिइएको हो ।

हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबिच एकता सम्पन्न भइसकेको छ । दुई पार्टीबिच समायोजन प्रक्रिया पनि अगाडि बढिसकेको छ । सो पार्टीले समायोजनका लागि विभिन्न कार्यदल गठन गरेको तथा अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । 

उक्त पार्टीले डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीसँग एकताका लागि छलफल पनि जारी राखेको छ । जसपा नेपालका केन्द्रीय सदस्य डा.सुरेन्द्र झाका अनुसार जनमत पार्टीसँग एकताको कुरा सकारात्मक रूपमा अगाडि बढेको छ । 

एकताको विषयमा अध्यक्ष तहमै कुराकानी भएको बताउँदै उनले अन्य नेताहरूको बिचमा कुराकानी चलिरहेको बताए । एकताका लागि दुवै दल सकारात्मक देखिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप