अपडेट
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकामा सवारी आवागमन प्रभावित
बिहीबार, १४ जेठ २०८३, २२ : २२
सारांश
- बिहीबार बेलुकी परेको अविरल वर्षाले काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।
- माइतीघर, जमल, टुकुचा, जयनेपाल, र हिटीपोखरी लगायतका सडक खण्डहरूमा पानी जमेकाले सवारी चलाउन समस्या भएको छ ।
- ट्राफिक प्रहरीले सुरक्षित दूरी कायम गरी सावधानीपूर्वक सवारी चलाउन आग्रह गरेको छ ।
काठमाडौँ । बिहीबार बेलुका परेको अविलरल वर्षाका कारण काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । काठमाडौँको माइतीघर, जमल, टुकुचा, जय नेपाल, हिटिपोखरी, सडक खण्डहरूमा पानी जम्न गई सवारी आवागमन प्रभावित भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती स्थानमा सवारी आवागमन प्रभावित भएकोले सुरक्षित दूरी कायम गरी सावधानीपूर्वक सवारी साधन चलाउन आग्रह गरेको छ ।
साथै, ट्राफिक नियमहरूको पूर्ण पालना गर्न र पानी जमेको तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण