सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
प्रदर्शन

डोजर आतङ्कविरुद्ध सुकुमबासी मार्च : ‘गणतन्त्र जिन्दाबाद ! GUNतन्त्र मुर्दावाद !’ (तस्बिरसहित)

शुक्रबार, १५ जेठ २०८३, १३ : ३७
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीले गणतन्त्र दिवसको सन्दर्भ पारेर राज्यले चलाएको डोजर आतङ्क र उठीबासविरुद्ध सडक प्रदर्शन गरेका छन्।
  • मार्चमा सहभागीहरूले ‘गणतन्त्र जिन्दाबाद ! GUNतन्त्र मुर्दावाद !!’ जस्ता नारा लगाएका थिए।
  • माइतीघरबाट सुरु भई नयाँ बानेश्वरसम्म पुगेको उक्त मार्चले राज्यले अमानवीय व्यवहार गरेको भन्दै उचित विकल्पसहितको व्यवस्थापन माग गरेको छ।

काठमाडौँ । गणतन्त्र दिवसको सन्दर्भ पारेर भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीले ‘भूमिहीन सुकुमबासी मार्च’ गरेका छन्। 

विकल्पविना राज्यले चलाएको संवेदनाहीन डोजर आतङ्क र उठीबासविरुद्ध उनीहरूले सडक प्रदर्शन गरेका हुन्।

sukumbasi protest (1)

मार्चमा सहभागीहरूले ‘गणतन्त्र जिन्दाबाद ! GUNतन्त्र (गनतन्त्र) मुर्दावाद !!’ लगायतका नारा लगाएका थिए। संयुक्त राष्ट्रिय सुकुमबासी, नागरिक आन्दोलन र जेनजी मुभमेन्ट अलायन्सले संयुक्त रूपमा उक्त मार्चको आयोजना गरेका हुन्।

sukumbasi protest (2)

आफ्नो थातथलोबाट विकल्पविना हटाउन खोजिएको भन्दै विरोधमा उत्रिएका उनीहरूको मार्च माइतीघरबाट सुरु भई बिजुलीबजार हुँदै नयाँ बानेश्वरसम्म पुगेको छ। प्रदर्शनकारीहरूले राज्यले आफूहरूमाथि अमानवीय व्यवहार गरेको भन्दै तत्काल उचित विकल्पसहितको व्यवस्थापन गर्न माग गरेका छन्।

sukumbasi protest (3)sukumbasi protest (4)sukumbasi protest (5)sukumbasi protest (6)sukumbasi protest (7)sukumbasi protest (8)sukumbasi protest (9)sukumbasi protest (10)sukumbasi protest (11)sukumbasi protest (12)sukumbasi protest (13)sukumbasi protest (14)sukumbasi protest (15)sukumbasi protest (16)sukumbasi protest (17)sukumbasi protest (18)sukumbasi protest (19)sukumbasi protest (20)sukumbasi protest (21)sukumbasi protest (22)sukumbasi protest (23)sukumbasi protest (24)sukumbasi protest (25)sukumbasi protest (26)sukumbasi protest (27)sukumbasi protest (28)sukumbasi protest (29)sukumbasi protest (30)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप