नेपाली कागजको फाइलमा बजेट बोकेर मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री
सारांश
- आर्थिक वर्ष २०८३/८४ को बजेट यसपटक नेपाली कागजको फाइलमा प्रस्तुत गरिएको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतको परम्परालाई तोड्दै यस पटक नेपाली कागजको फाइलमा बजेट ल्याएका हुन् ।
- बजेट मन्त्रिपरिषद्बाट पारित भएपछि दिउँसो ४ बजे संसदमा प्रस्तुत गरिनेछ ।
काठमाडौँ । आर्थिक २०८३/८४ को बजेट नेपाली कागजको फाइलमा ल्याइएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विगतको परम्परा तोड्दै नेपाली कागजको फाइलमा बजेट ल्याएका हुन् ।
यसअघि व्रिफकेसमा बजेट ल्याउने गरिएको थियो । अर्थमन्त्री वाग्ले अर्थ मन्त्रालयबाट बजेट फाइल बोकेर मन्त्रिपरिषद् बैठकमा प्रवेश गरेका छन् । विगतका अर्थमन्त्रीहरूले झोलामा बजेट राखेर संसदमा प्रस्तुत गर्ने गरेका थिए । तर अर्थमन्त्री वाग्लेले नयाँ सुरुवात गरेका छन् ।
विगतका अर्थमन्त्रीहरूले रातो सुटकेसमा बजेट वक्तव्य बोक्ने गरेका थिए । तर पछिल्लो समय सुटकेस समेत छाडेर तत्कालीन अर्थमन्त्री वर्षमान पुन र विष्णु पौडेलले नेपालमा अल्लोबाट बनेको झोलामा बजेट बोकेका थिए ।
वाग्लेले आगामी आर्थिक वर्षको बजेट यसअघि जस्तो नेपालमा बनेको झोलामा नभई नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् । मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि संसदमा ४ बजे वाचन गर्ने कार्यक्रम रहेको छ ।
_MsCvDSLVTK.jpg)
_xOF0G7tOuY.jpg)
_s4UAz3GPxQ.jpg)
_XxpZR3tsvx.jpg)
_JKAQpDkROH.jpg)
_o3jc6iqUzd.jpg)
_pzyqVddeqv.jpg)
_QmO05AsCxm.jpg)
_FrkdQsyfQH.jpg)
_IgMOV8LlkK.jpg)
_mafcFqhP2z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण