सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
बजेट

सामाजिक सुरक्षा भत्ता ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन गरिने

शुक्रबार, १५ जेठ २०८३, १७ : ००
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले सामाजिक आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रेरित गर्ने कार्यक्रम ल्याउने भएको छ । यस अन्तर्गत ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटमार्फत यस्तो अभियानको घोषणा गरेका हुन् । उनले सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाइने जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले देशभरका दलित बालबालिकालाई बाल पोषण भत्ता दोब्बर बनाएर मासिक एक हजार रुपैयाँ बनाएको घोषणा पनि गरे । उनले उच्च गरिबी भएका मधेस, कर्णाली र सुदूरपश्चिमका बालबालिकाले पाउने पोषण भत्ता निरन्तरता दिइने जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप