पोखराको पृथ्वीचोक क्षेत्रमा महानगरको डोजर, भग्नावशेष सफा गरिँदै
सारांश
- पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा रहेका अवैध तथा अतिक्रमित संरचनाहरू भत्काएपछि भग्नावशेष हटाउने कार्य तीव्र पारेको छ ।
- सार्वजनिक जग्गा र बाटो मिचेर सञ्चालन भइरहेका हङकङ बजार अगाडिका अतिक्रमित संरचनाहरूलाई डोजर प्रयोग गरी ध्वस्त पारिएको थियो ।
- सवारी आवागमन र पैदलयात्रीलाई परेको समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले डोजर र ट्रिपर परिचालन गरी भग्नावशेष सफा गरिरहेको छ ।
पोखरा । पोखरा महानगरपालिकाले पर्यटकीय सहर पोखरालाई सुन्दर र व्यवस्थित बनाउने अभियान अन्तर्गत पृथ्वीचोक क्षेत्रमा रहेका अवैध तथा अतिक्रमित संरचनाहरू भत्काएपछि अहिले त्यहाँको भग्नावशेष हटाउने कार्य तीव्र पारेको छ ।
महानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू हटाउने क्रममा पृथ्वीचोक क्षेत्रमा डोजर चलाएको हो ।
_RZhuAlH1Le.jpg)
विशेष चासोका साथ हेरिएको पृथ्वीचोकस्थित हङकङ बजार अगाडिका अतिक्रमित संरचनाहरूमा महानगरपालिकाले गत जेठ १४ गते डोजर चलाएर भत्काएको थियो । लामो समयदेखि सार्वजनिक बाटो तथा जग्गा अतिक्रमण गरी सञ्चालन भइरहेका ती संरचनाहरू हटाउन महानगरले यसअघि नै आग्रह गरेको थियो । महानगरको आग्रहलाई बेवास्ता गरेपछि स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा महानगरको डोजर टोलीले ती अवैध संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेको हो ।
_Wf7LyXBLRn.jpg)
अतिक्रमित संरचनाहरू भत्काइएपछि सडक र आसपासको क्षेत्रमा थुप्रिएको ढुङ्गा, इँटा, फलामे डन्डी तथा अन्य फोहोरका भग्नावशेषहरू हटाउन महानगरले अहिले आफ्ना डोजर तथा ट्रिपरहरू परिचालन गरेको छ । व्यस्त सडक किनारमा रहेका यी भग्नावशेषहरूले गर्दा सवारी आवागमन र पैदलयात्रीलाई समस्या परिरहेकाले महानगरले यसलाई तत्काल सफा गर्न लागेको हो ।
_k1zGK2ERjO.jpg)
_m71I9rD01V.jpg)
_eN72oGkE3m.jpg)
_U1jFmbBa7K.jpg)
_YqB85EGvs9.jpg)
_sKzBmnAkP0.jpg)
_tJIHa3kZFu.jpg)
_LJ741CNoVr.jpg)
_9RUMqvouml.jpg)
_po5qHVUUdi.jpg)
_8iAFEMoVgL.jpg)
तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण