संसद् बैठक
प्रधानमन्त्रीले प्रश्न सोध्नुस् भन्दा नेकपा र एमालेको नियमापत्ति
आइतबार, १७ जेठ २०८३, १३ : ४०
सारांश
- प्रधानमन्त्रीले रोष्टममा उभिएर प्रश्न सोध्नुस् भन्दा विपक्षी दल नेकपा र एमालेले नियमापत्ति गरेका छन् ।
- नेकपाका प्रमुख सचेतक युवराज दुलाल र एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम नियमापत्ति जनाएका हुन् ।
- उनीहरूले संविधान र प्रतिनिधि सभा नियमावली मिचिएको बताएका छन् ।
काठमाडौँ । विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले रोष्टममा उभिएर प्रश्न सोध्नुस् भन्दा नियमापत्ति गरेका छन् । नेकपाका प्रमुख सचेतक युवराज दुलाल र एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम नियमापत्ति जनाएका हुन् ।
उनीहरूले संविधान र प्रतिनिधि सभा नियमावली मिचिएको बताएका छन् । प्रतिनिधिसभामा दुलालले ३ दिन अगाडि प्रश्न दर्ज गर्ने व्यवस्था गरेको र त्यो नभएको भन्दै उनले नियमापत्ति गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रश्न सोध्न सक्ने व्यवस्था रहेको उनले बताए । महरले पनि धारा ५६ अनुसार नियमापत्ति जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण