आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भ्रष्टाचार र बेथिति हटाउन सरकार तत्पर छ : प्रधानमन्त्री

आइतबार, १७ जेठ २०८३, १४ : १५
आइतबार, १७ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार र आफ्नो पार्टी भ्रष्टाचार र बेथिति हटाउन तत्पर रहेको बताएका छन् ।
  • उनले पहिलो वर्ष सुशासनको वर्षका रूपमा लिएको र बेथिति हटाउने तथा भ्रष्टाचार निर्मूल गर्न सरकार तत्पर रहेको बताए ।
  • उनले यसो भन्दैमा विकास नै रोकिने भन्ने नहुने स्पष्ट पारे ।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सरकार र आफ्नो पार्टी भ्रष्टाचार र बेथिति हटाउन तत्पर रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सत्तापक्ष रास्वपाकै सांसद कवीन्द्र बुर्लाकोटीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् । 

‘हामीले पहिलो वर्ष सुशासनको वर्षका रूपमा लिएका छौँ । तर यसो भन्दैमा विकास नै नगर्ने भन्ने होइन’, प्रधानमन्त्रीले भने, ‘बेथिति हटाउने, भ्रष्टाचार निर्मूल गर्न सरकार र हाम्रो पार्टी तत्पर छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप