उदयपुरको होटलमा जुवातास खेलिरहेका ६ जना पक्राउ
सोमबार, १८ जेठ २०८३, ०६ : ५७
सारांश
- उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ पिपल चोकस्थित होटल ड्रिमलेण्डमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
- जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले होटलको तेस्रो तलाबाट उनीहरूलाई तास खेलिरहेकै अवस्थामा पक्राउ गरेको हो ।
- प्रहरीले जुवाको खालबाट नगद ५७ हजार ६ सय २५ रुपैयाँ, ३ बुङ तास, ६ थान मोबाइल र ४ थान मोटरसाइकल बरामद गरेको छ ।
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ पिपल चोकस्थित होटल ड्रिमलेण्डमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले होटलको तेस्रो तलाबाट उनीहरूलाई तास खेलिरहेकै अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट नगद ५७ हजार ६ सय २५ रुपैयाँ, ३ बुङ तास, ६ थान मोबाइल र ४ थान मोटरसाइकल बरामद गरेको छ । पक्राउ पर्नेहरूमा ४७ वर्षीय भलराज राई, ४५ वर्षीय चित बहादुर राई, ४६ वर्षीय बोध बहादुर थापा मगर, ३८ वर्षीय विजय राई, ३० वर्षीय संजिब बुढाथोकी र ४९ वर्षीय पुर्ण बहादुर राई रहेका छन् ।
पक्राउ परेका सबै जनालाई बरामद गरिएका सामग्रीसहित जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको छ । उनीहरूमाथि कानुन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण