संसद् बैठक
कांग्रेस, एमाले र राप्रपाद्वारा प्रधानमन्त्रीले तथ्यबिना बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउन माग
सोमबार, १८ जेठ २०८३, १८ : ३०
सारांश
- कांग्रेस, एमाले र राप्रपाले प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।
- उनीहरूले प्रधानमन्त्रीले कि तथ्य पेस गर्नुपर्ने वा अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताएका हुन्।
- उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले ३ करोड नेपालीको शिर निहुरिएको बताएका छन्।
काठमाडौँ । विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक ऐन महर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दलको नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीले कि तथ्य पेस गर्नुपर्यो होइन भने रेकर्डबाट हटाउनुपर्यो भनेर अपिल गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले करिब ३ करोड नेपालीको शिर निहुरिएको बताएका छन् ।
यदि प्रधानमन्त्री सत्य बोलेका भए कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको एक–एक तथ्य आफूहरूलाई चाहिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
-
‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण