प्रधानमन्त्रीले भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन नेकपाको माग
सारांश
- नेकपाले प्रधानमन्त्रीले भारतको भूमि मिचेको भन्ने भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन माग गरेको छ ।
- नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति सीमासम्बन्धी अज्ञानता मात्र नभएर राष्ट्रहित विपरीतको भएको बताए ।
- दुलालले लिपुलेक क्षेत्रको ६० हजार नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्दै गलत र भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन आग्रह गरे ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भ्रामक अभिव्यक्ति फिर्ता नभएसम्म सदन अघि नबढाउन माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा दलका तर्फबाट धारणा राख्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति सीमासम्बन्धी अज्ञानता मात्र नभएर राष्ट्रहित विपरीतको अभिव्यक्ति भएको बताए ।
‘सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले यसरी तथ्यहीन विषय बोल्नु गम्भीर गल्ती हो र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको बचाउमा दशगजाको विषयलाई लिएर क्रस बोर्ड अकुपेन्सीको भनेर झुठलाई तोडमरोड गर्नु अर्को गल्ती हो’, दुलालको भनाइ छ ।
साथै उनले लिपुलेक क्षेत्रको ६० हजार नेपाली भूमि भारतले अतिक्रमण गरेको भन्दै उनले कुनै तथ्याङ्कबिनै नेपालले भारतीय भूमि मिचेको कुनै तथ्याङ्क नभएको बताए । उनले गलत र भ्रामक अभिव्यक्ति फिर्ता नलिएसम्म सदन अघि नबढाउन आग्रह पनि गरे ।
त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालले भारतको भूमि मिचेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद चल्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण