जेनजी आन्दोलनमा भागेका बलात्कार मुद्दाका प्रतिवादी पक्राउ
मङ्गलबार, १९ जेठ २०८३, ११ : ५३
सारांश
- सप्तरीको राजविराज कारागारबाट बलात्कार मुद्दाका फरार प्रतिवादी मोहम्मद अनबारुललाई प्रहरीले पक्राउ गरेको छ ।
- जेनजी प्रदर्शनको क्रममा कारागारबाट भागेका अनबारुललाई इलाका प्रहरी कार्यालय करडबोनाले पक्राउ गरेको हो ।
- ३५ वर्षीय अनबारुल बलात्कार मुद्दामा जेल सजाय भोगिरहेका थिए ।
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा सप्तरीस्थित राजविराज कारागारबाट भागेका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–४ घर भएका ३५ वर्षीय मोहम्मद अनबारुल छन् ।
उनलाई इलाका प्रहरी कार्यालय करडबोनाबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी राजन रायमाझीले रातोपाटीलाई बताए ।
बलात्कार मुद्दामा जेल परेका अनबारुल जेनजी प्रदर्शनको क्रममा फरार भएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण