बागमती टी–२० कप : भक्तपुरसँग ७ विकेटले नुवाकोट पराजित
मकवानपुर । बागमती कप टी–२० अन्तर्गत चौथो खेलमा भक्तपुरले नुवाकोटलाई ७ विकेटले पराजित गर्दै उत्कृष्ट जित दर्ता गरेको छ । पहिले ब्याटिङ गरेको नुवाकोटले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन बनाएको थियो।
नुवाकोटका लागि राजेश रिमालले ४४ बलमा ७१ रनको उत्कृष्ट पारी खेले। योगेश बडर भट्ट क्षेत्रीले २४ रन तथा रोशन बीकेले १७ रनको योगदान दिए। भक्तपुरका बलरहरूमा शिवम तिवारी र अविनाश बस्यालले समान २–२ विकेट लिए भने सक्रिया प्रताप कार्की र क्रिश कार्कीले १–१ विकेट हात पारे ।
१६४ रनको लक्ष्य पछ्याएको भक्तपुरले १९ ओभरमै ३ विकेट गुमाएर १६४ रन बनाउँदै सहज जित हासिल गर्यो। भक्तपुरको जितमा क्रिश कार्कीले ५७ बलमा अविजित ८१ रनको शानदार पारी खेले।
शौरव साखाकर्मले २८ बलमा ३९ रन जोड्दा रिङजिन लामाले १६ रन तथा शिवम तिवारीले १६ रन बनाए। नुवाकोटका लागि विधान खतिवडा, गणेश गौतम र अशोक पौडेलले समान १–१ विकेट लिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण