नेपाल एयरलाइन्सका सवारी चालक ५४ लाख रुपैयाँसहित पक्राउ
काठमाडौँ । भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका सवारी चालक (ग्राउन्ड इक्युपमेन्ट अपरेटर)लाई प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित सुनसरी गढी गाउँपालिका–१ घर भई हाल काठमाडौँको वनस्थली बस्ने कमलनारायण विश्वासलाई सोमबार पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजुकुमार सिलवालले बताए।
उनी सोमबार राति साढे ८ बजे बाटिक एयरको फ्लाइटमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने क्रममा विमानस्थल प्रहरीद्वारा जाँच गर्दा उनको लगेजमा फलामको कराई भित्र विभिन्न देशको मुद्रा भेटिएको हो।
उनी अहिलेसम्म २६ पटक बाह्य मुलुकका यात्रा गरेको देखिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए । प्रहरीले उनको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन, जापानिज, अफ्रिकन मुद्रा फेला परेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण