बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सम्पत्ति छानबिन आयोग नमान्ने र बयान पनि नदिने ओलीको घोषणा

बुधबार, २० जेठ २०८३, १३ : ०५
बुधबार, २० जेठ २०८३

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई पूर्वाग्रहको पोको भएको आरोप लगाएका छन् ।
  • उनले सरकारले आफू र पुराना पार्टीका मान्छेहरूलाई मात्रै फसाउन सम्पत्ति छानबिन आयोग बनाएको जिकिर गरे ।
  • ओलीले यस्ता आयोगलाई नमान्ने र बयान पनि नदिने घोषणा गरेका छन् ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहको पोको भएको जिकिर गरेका छन् । 

उनले नयाँ पार्टीका नेता र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति वर्तमान सरकारले लिएको भन्दै पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको बताए । 

बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिन आयोग बनाएर राज्यले छानिछानि फसाउन खोजेको बताए । यस्ता अयाोगलाई आफूले नमान्ने र बयान पनि नदिने उनले बताए ।

‘अरुले बयान दिए पनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस् । यो राज्य राज्य होइन।  यो पूर्वाग्रहको पोको हो,’ उनले भने ।

यस्ता क्रियाकलापमा नजान चेतावनी दिँदै उनले प्रतिशोधन नभई संवैधानिक क्रियाकलापमा लाग्न समेत सरकारलाई सुझाव दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप