बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
सारांश
- ठमेलका मसाज र स्पा सेन्टरमा बाल श्रम शोषणबारे अनुगमन गरियो।
- दर्ताविना र आचारसंहिता विपरीत सञ्चालित सेन्टरहरूलाई कारबाही हुनेछ।
- बालबालिकाको सुरक्षा र भविष्य सुनिश्चित गर्न महानगरपालिका प्रतिबद्ध छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ ।
काठमाडौँ महानगरपालिका–२६ को मानव बेचबिखन तथा ओसारपसार समितिले अनाहत नेपाल, नेपाल प्रहरी, महानगर प्रहरीसहितको सहकार्यमा बुधबार ठमेल क्षेत्रमा हुने बाल यौन बेचबिखन र श्रम शोषणको अन्त्यका लागि अनुगमन गरेको हो । अनुगमनका क्रममा आचारसंहिता विपरीत मसाज तथा स्पा सेन्टर सञ्चालन, दर्ता नगरी स्पा तथा मसाज सेन्टर सञ्चालन गरेको पाइएको समितिका संयोजक शान्ता प्रजापतिले जानकारी दिइन् ।
काठमाडौँ महानगरपालिका–२६ भित्र सञ्चालित होटेल, मसाज सेन्टर, स्पा, खाजाघर, लज तथा गेष्ट हाउसमा विभिन्न बहानामा १८ वर्षमुनिका बालिकालाई श्रममा लगाउने र यौन व्यवसायमा प्रयोग गर्ने गरिएको गुनासोलाई सम्बोधन गर्दै वडाले यस्तो कदम चालेको संयोजक प्रजापतिले बताइन् ।
“अठार वर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि प्रकारको जोखिमपूर्ण काम, श्रम वा यौन व्यवसायमा लगाउनु नेपालको कानुन अनुसार अक्षम्य र दण्डनीय अपराध हो, यदि कसैले यस्तो कार्य गरेको पाइएमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन र बालश्रम ९निषेध र नियमित गर्ने० ऐनबमोजिम कडा कानुनी कारबाही गरिनेछ,” उनले भनिन् ।
काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र सञ्चालित मसाज तथा स्पा सेन्टरमा नियमित चेकजाँच गर्ने जनाएको छ । काठमाडौँ महानगरपालिकाले व्यवसायमा कार्यरत कर्मचारीको उमेर खुल्ने आधिकारिक परिचयपत्र राख्नुपर्ने, प्रत्येक व्यावसायिक स्थलमा ‘बालश्रम र यौन शोषण निषेध’ सम्बन्धी जानकारीमूलक बोर्ड राख्नुपर्ने बताएको छ ।
संयोजक प्रजापतिले कतै बाल यौन बेचबिखन वा श्रम शोषण भइरहेको थाहा पाएमा तुरुन्त वडा कार्यालय वा नजिकैको प्रहरी चौकीमा खबर गर्न आग्रह गरिन् । “हाम्रो वडालाई बालमैत्री र सुरक्षित बनाउनु हाम्रो प्रमुख दायित्व हो, बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने जोकोहीलाई पनि छुट दिइने छैन,” उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण