गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
सारांश
- गर्मी बढेसँगै धनगढीमा विद्युत् सेवा अनियमित हुँदा स्थानीय बासिन्दा मर्कामा परेका छन्।
- विद्युत् बारम्बार काटिँदा विद्यार्थीहरूलाई पढ्न र घरको काम गर्न समस्या भएको छ।
- विद्युत् प्राधिकरणले माग बढेको र भोल्टेजमा उतारचढाव आएकाले प्राविधिक समस्या भएको जनाएको छ।
धनगढी । सुदूरपश्चिमको तराई क्षेत्रमा गर्मी ह्वात्तै बढेसँगै धनगढीमा विद्युत् सेवा अनियमित हुँदा स्थानीय बासिन्दा निकै मर्कामा परेका छन्। एकातिर बढ्दो तापक्रम र अर्कोतिर अघोषित रूपमा पटक (पटक विद्युत् काटिँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको हो।
धनगढी उपमहानगरपालिका–३ प्रगतिनगरकी स्थानीय बिपना पालका अनुसार दिउँसो र राति दुवै समयमा बारम्बार बत्ती जाँदा घरभित्र बस्न समेत गाह्रो भएको छ। बत्ती जाँदा विद्यार्थीहरूलाई पढ्न र भान्छाको काम गर्न समस्या भएको छ। मजदुरी गरेर खाने वर्ग र बालबालिका यसबाट सबैभन्दा बढी प्रभावित भएको उनले बताइन्।
नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले भने माग बढेको र भोल्टेजमा उतारचढाव आएका कारण प्राविधिक समस्या उत्पन्न भई बिधुत जाने–आउने भइरहेको जनाएको छ।

जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार बिहीबार धनगढीको अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ। न्यूनतम तापक्रम नै २४९२६ डिग्री रहेकाले रातिको समयमा पनि उकुसमुकुस कायमै छ।
बढ्दो गर्मीमा लु लाग्ने र जलवियोजन हुने खतरा रहने भएकाले स्वास्थ्यमा ख्याल स्वास्थ्यकर्मी किसन बोहराले सुझाव दिएका छन्।
उनले अत्यावश्यक काम बाहेक कडा घाममा बाहिर ननिस्किने, प्रशस्त मात्रामा पानी र झोलिलो पदार्थ पिउन सर्वसाधारणलाई सुझाव दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण