एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
सारांश
- एसीसी महिला प्रिमियर कप २०२६ मा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ ।
- नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउँदा भुटानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ६२ रन मात्र बनाउन सक्यो ।
- यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो ।
क्वाललम्पुर । एसीसी महिला प्रिमियर कप २०२६ मा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउँदा भुटानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ६२ रन मात्र बनाउन सक्यो ।
बिहीबार क्वाललम्पुरस्थित कोलेज तुआन्कु जाफर ओभलमा भएको खेलमा ओपनर दिचेन वाङमोले सर्वाधिक ३९ रन बनाइन् । उनले ६० बलको सामना गर्दै ५ चौका प्रहार गरिन् ।
चाडो ओमले २१ बलमा ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि रुविना क्षेत्रीले घातक बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् । रिया शर्माले २ तथा कविता कुँवर र मनिषा उपाध्यायले १-१ विकेट हात पारे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । टोलीका लागि सीता राना मगरले २८ बलमा ३७ रनको योगदान दिइन् । उनले ६ चौका प्रहार गरिन् ।
रुविना क्षेत्रीले २१ बलमा २४ रन जोडिन् । उनले ३ चौका प्रहार गरिन् । सोनी पख्रिनले १३ रन तथा ओपनर सम्झना कुमारीले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भुटानका लागि सोनम र छिरिङ जाङ्मोले ३-३ विकेट हात पारिन् । अञ्जु गुरुङले २ विकेट तथा रितिसी छोदेन र रिया प्रधानले १-१ विकेट लिए ।
समूह डीमा रहेको नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026