बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बिहीबार, २१ जेठ २०८३, १० : ३८
बिहीबार, २१ जेठ २०८३

सारांश

  • रोल्पाको माडी गाउँपालिका–२ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
  • MH14TCJ 471 नम्बरको बोलेरो सडकबाट करिब ५००–६०० मिटर तल खसेर दुर्घटना भएको हो ।
  • दुर्घटनामा २ पुरुष र १ महिलाको शव फेला परेको छ र प्रहरीले उद्धार तथा अनुसन्धान गरिरहेको छ ।

रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा आज विहान जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको बोलेरो सडकबाट करिब ५००–६०० मिटर तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा हाल नाम, थर र वतन नखुलेका २ पुरुष र १ महिलाको शव फेला परेको छ ।

जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा थप अनुसन्धान कार्य गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप