‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
सारांश
- चलचित्र 'सैयारा' को सफलतापछि अहान पाण्डे र अनीत पड्डाको जोडी यशराज फिल्म्सको ब्यानरमा मोहित सुरीले निर्देशन गर्ने नयाँ म्युजिकल लभ स्टोरीमा पुनः एकसाथ देखिने भएका छन्।
- यो चलचित्र सन् २०२६ को अक्टोबर-नोभेम्बरमा फ्लोरमा जाने छ र यसको संगीत पक्षमा विगत केही महिनादेखि काम भइरहेको छ।
- चलचित्रको नाम 'सतरंगा' हुने हल्ला चले पनि निर्माण पक्षले यसलाई पुष्टि गरेको छैन र चाँडै नै आधिकारिक घोषणा गरिने छ।
मुम्बई । चलचित्र ‘सैयारा’ को सफलतापछि अहान पाण्डे र अनीत पड्डाको जोडी पुनः एक पटक ठुलो पर्दामा सँगै देखिने भएको छ। स्रोतका अनुसार यशराज फिल्म्सको ब्यानरमा निर्देशक मोहित सुरीले यी दुई कलाकारलाई लिएर नयाँ म्युजिकल लभ स्टोरी बनाउन लागेका हुन्, जसको सुटिङ यसै वर्षको अन्त्यतिर सुरु हुने छ।
नाम तय नगरिएको यो चलचित्र सन् २०२६ को अक्टोबर–नोभेम्बरमा फ्लोरमा जाने छ। यशराज फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई निर्माता आदित्य चोपडाले ठुलो क्यानभासमा तयार पार्दै छन्।
‘सैयारा’ पछि अहान र अनीतको जोडीलाई दोहोर्याएर कास्ट गरिएको विषयलाई लिएर चलचित्र बजारमा पनि निकै चर्चा सुरु भएको छ। यी दुवै कलाकारको अन-स्क्रिन केमेस्ट्रीले युवा दर्शकबिच बलियो पकड बनाइसकेको बुझाइ निर्माण पक्षको छ।
यो चलचित्र एउटा गम्भीर र भावनात्मक प्रेम कथामा आधारित हुने बताइएको छ, जसमा निर्देशक मोहित सुरीले आफ्नो सिग्नेचर स्टाइलको रोमान्स र सङ्गीतको सम्मिश्रण प्रस्तुत गर्ने छन्। स्रोतका अनुसार चलचित्रको सङ्गीत टोलीले विगत केही महिनादेखि एल्बम र ब्याकग्राउन्ड स्कोरमा काम गरिरहेको छ। चलचित्र रिलिज भएपछि लामो समयसम्म दर्शकको प्लेलिस्टमा रहने खालको उत्कृष्ट सङ्गीत तयार पार्ने लक्ष्य निर्माण पक्षले राखेको छ।
चलचित्रको औपचारिक घोषणा हुनुअघि नै यसको नामलाई लिएर विभिन्न अड्कलबाजीहरू भइरहेका थिए। केही रिपोर्टहरूमा मोहितको यो नयाँ रोमान्टिक चलचित्रको नाम ‘सतरंगा’ हुन सक्ने दाबी गरिएको थियो। तर प्रोजेक्टसँग जोडिएका स्रोतहरूले यी खबरहरूलाई पूर्ण रूपमा गलत बताएका छन्।
निर्माण पक्षले चलचित्रको यो नाम अहिलेसम्म फाइनल गरेको छैन। यशराज फिल्म्सले हालका लागि स्क्रिप्ट, स्टारकास्ट र नामसँग जोडिएका सम्पूर्ण विवरणहरू गोप्य राखेको छ। चाँडै नै एउटा ठुलो अनाउन्समेन्ट भिडियो वा टिजरमार्फत चलचित्रको आधिकारिक नाम सार्वजनिक गरिने छ।
अर्कोतर्फ, अभिनेता अहान पाण्डे यतिबेला निर्देशक अली अब्बास जफरको ठुलो बजेटको चलचित्रको सुटिङमा व्यस्त छन्। स्रोतका अनुसार यस चलचित्रको अधिकांश सुटिङ आगामी अगस्ट महिनासम्ममा पूरा गरिने छ, ताकि अहान कुनै ढिलाइ नगरी मोहितको रोमान्टिक चलचित्रको काममा लाग्न सकून्।
चाखलाग्दो कुरा के छ भने यी दुवै चलचित्र एकअर्काभन्दा पूर्ण रूपमा फरक विधाका हुन्। अलीको चलचित्र हाई-अक्टेन एक्सन भएको व्यावसायिक सिनेमा हो भने मोहितको चलचित्र भावनात्मक र म्युजिकल रोमान्समा आधारित छ। यी दुई फरक चलचित्रमार्फत अहानले दर्शकमाझ आफ्नो अभिनयको बहुमुखी प्रतिभा प्रमाणित गर्ने प्रयास गर्ने चलचित्र विश्लेषकहरूको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण